मिति : २०८१ मंसिर ९, आईतवार

Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(0 vote, avg 0.00/5.00)
Text size:-
+
-

रिहा भए निर्देशक सुदर्शन थापा

फिल्मीखबर, काठमाडौं, 2024/06/05

सुदर्शन थापा : हिरोमा फ्लप, निर्देशनमा हिट

 

फिल्म ‘प्रसाद-२’को विवादमा पक्राउ परेका निर्देशक सुदर्शन थापा रिहा भएका छन् । सोमबार दिउँसो फिल्म ‘रावायण’को दोस्रो चरणको छायांकन सुरु गर्ने बेला बालुवाटारको एक होटलबाट पक्राउ परेका उनलाई बुधबार काठमाडौं जिल्ला अदालतले जिम्मा जमानीमा रिहा गर्न आदेश दिएको हो ।

मालीगाउँ प्रहरीले पक्राउ गरेर निर्देशक थापालाई बौद्ध प्रहरी वृत्तमा बुझाएको थियो । जिल्ला अदालतबाट २ दिन हिरासतमा राखेर अनुसन्धान गर्न अनुमति पाएको प्रहरीले बुधबार उनलाई पुनः अदालतमा उपस्थित गराएको थियो । त्यसपछि अदालतले उनलाई जिम्मा जमानतमा रिहा गर्न आदेश दिएको हो ।

गत असोजमा ‘प्रसाद-२’का निर्मातामध्येका एक सुदर्शन बस्नेतले आपराधिक विश्वासघातको आरोपमा सुदर्शनविरुद्ध उजुरी दिएका थिए । त्यसबेलै अदालतबाट पक्राउ पूर्जी जारी हुँदा पनि उनी खुल्लमखुल्ला हिँडिरहेका थिए । उनी ‘प्रसाद-२’का निर्देशक हुन् ।

निर्देशक थापाले आफ्नो मन्जुरीबिना देश तथा विदेशमा फिल्म प्रदर्शन गरेर एक करोड ५० रुपैयाँ ठगी गरेको आरोप निर्माता बस्नेतको छ । निर्देशक थापासहित सम्पादक मिलन श्रेष्ठ र ओएसआर डिजिटलका सञ्चालक ओम अग्रवालविरुद्ध पनि आपराधिक विश्वासघातको उजुरी परेको थियो ।