मिति : २०८१ मंसिर ९, आईतवार

Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(0 vote, avg 0.00/5.00)
Text size:-
+
-

पर्दामा गाउँ र सहरको कथा

फिल्मीखबर, काठमाडौं, 2024/06/07

gau aayeko bato and london to paris

 

गत वर्षको दशैंयता नेपाली फिल्मले बक्स अफिसमा राम्रो प्रदर्शन गरिरहेका छन् । सिक्वेल र स्टार बिनाका फिल्म पनि चलेका छन् । यसले नेपाली फिल्मप्रति दर्शकको बढ्दो आकर्षण दर्शाउँछ । र, फिल्मको कथामा पनि विविधता देखिएको छ । कहिले गाउँमा आधारित त कहिले सहरी कथामा बनेका फिल्म आइरहेका छन् । यसले गर्दा हरेक खालका दर्शकहरु आकर्षित भएको देखिन्छ ।

यसैबीच, शुक्रबारबाट फरक कथामा बनेका दुईवटा फिल्म ‘गाउँ आएको बाटो’ र ‘लण्डन टू पेरिस’ प्रदर्शनमा आएका छन् । ‘गाउँ आएको बाटो’ले गाउँको कथा भनेको छ । एक दुर्गम गाउँमा बाटो र गाडी आएपछिको परिवर्तन र त्यसले पार्ने प्रभावको कथालाई फिल्मले उठाएको छ । ‘लण्डन टू पेरिस’ भने अर्बन (सहर)को कथामा बनेको हो । त्यसमा पनि ‘डायस्पोरा’को कथा भनिएको छ ।

मल्टीप्लेक्सहरुमा दुवै फिल्मको बुधबार ‘एड्भान्स बुकिङ’ खुलेको थियो । बिहीबार साँझसम्म दुवै फिल्मको बुकिङ ‘ट्रेन्ड’ कमजोर थियो । बिहानी शोज पनि अपेक्षाकृत देखिएन । यसैले अब यी दुवै फिल्मको व्यापार ‘वर्ड अफ माउथ’मा निर्भर रहनेछ । त्यसो त नेपाली फिल्मले दिउँसोबाट ‘पिकअप’ लिने गरेका दृष्टान्त छन् । यी दुईटा फिल्मको हकमा के हुन्छ, साँझसम्म प्रष्ट चित्र देखिनेछ ।

विश्वका एक दर्जन बढी फेस्टिभलमा सहभागिता जनाइसकेको नवीन सुब्बा निर्देशित ‘गाउँ आएको बाटो’मा दयाहाङ राई, पशुपति राई, प्रेम सुब्बा, बाल कलाकार प्रसान राई लगायतको अभिनय छ । घनश्याम लामिछानेको निर्देशनमा बनेको ‘लण्डन टू पेरिस’मा भने साम्राज्ञी आरएल शाह, निश्चल खड्का, कबीर खड्का र गरिमा शर्माको अभिनय छ । निश्चल र गरिमाको यो डेब्यु फिल्म हो ।