मिति : २०८१ मंसिर ९, आईतवार

Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(0 vote, avg 0.00/5.00)
Text size:-
+
-

प्रकाशले सुरु गरे ‘पूर्ण बहादुरको सारङ्गी’को छायांकन

फिल्मीखबर, काठमाडौं, 2024/06/08

Purna Bahadur Ko Sarangi prakash-janvi

 

गत वर्ष प्रदर्शित फिल्म ‘परदेशी २’बाट अभिनेताको रुपमा डेब्यु गरेका चर्चित गायक प्रकाश सपूतले करिअरको दोस्रो फिल्म ‘पूर्ण बहादुरको सारङ्गी’को छायांकन सुरु गरेका छन् । बिहीबार (जेठ २४ गते) ओखलढुङ्गास्थित रुम्जाटारमा क्यामेरा, स्क्रिप्ट र क्ल्याप बोर्ड पूजाआजा गरेपछि सुरु गरिएको छायांकनमा पहिलो दृश्य नै प्रकाशसहित बालकलाकार जान्भि पौडेलको खिचिएको थियो ।

सरोज पौडेलले निर्देशन सम्हालेको फिल्ममा विजय बराल, मुकुन भुसाल, अञ्जना बराइली, माओत्से गुरुङ, देशभक्त खनाल, बुद्धि तामाङ, भोलाराज सापकोटा, विनोद न्यौपाने, स्वायम् केसी (बालकलाकार) लगायतको पनि अभिनय रहेको छ । फिल्मले बुबा-छोराबीचको सम्बन्धको कथा भन्ने जनाइएको छ । सारङ्गी बजाएर जीविकोपार्जन गर्ने गन्धर्व परिवारको पनि कथा फिल्मले भन्नेछ ।

सेभेन सिज सिनेमाको प्रस्तुति रहेको फिल्मका निर्माता विनोद पौडेल र प्याट्रिक सुवेदी हुन् । कार्यकारी निर्मातामा हरि श्रेष्ठ र रमेश चौलागाईं रहेका छन् । निर्देशक पौडेलको कथा तथा महेश दवाडीको पटकथा/संवाद लेखन रहेको फिल्ममा प्रशान्त सिवाकोटीको संगीत छ भने हेमन्त कान्छा रसाइलीको सारङ्गी छ । यो फिल्मलाई २०८२ सालभित्र विश्व बजारमा प्रदर्शन गर्ने लक्ष्य राखिएको छ ।