मिति : २०८१ मंसिर ९, आईतवार

Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(0 vote, avg 0.00/5.00)
Text size:-
+
-

राजेश हमालको प्रष्टीकरण- ‘मैले फिल्म क्षेत्र छाडेको छैन’

फिल्मीखबर, काठमाडौं, 2024/06/11

मधुले अहिलेसम्म तरकारी किन्न पठाएकी छैनन् : राजेश हमाल

 

कुनै समय अभिनेता राजेश हमालका फिल्म वर्षमा महिनाभन्दा ज्यादा रिलिज हुन्थे । विगत ७/८ वर्षयता भने उनका एउटै फिल्म आएका छैनन् । उनको पछिल्लो फिल्म ‘सकुन्तला’ थियो । यसपछि उनले फिल्ममा काम नै गरेका छैनन् । जसले गर्दा अब उनले फिल्म क्षेत्र छाडेका त होइनन् भन्ने आशंका उब्जिएको छ । र, यसबारेमा उनले प्रष्टीकरण समेत दिनुपर्ने अवस्था आइपुगेको छ ।

यसै साता ६०औं जन्मदिन मनाएका उनले हालै एक अन्तर्वार्तामा आफूले फिल्म क्षेत्र नछाडेको प्रष्ट पारेका छन् । उनी भन्छन्, ‘मैले यो विधा छाडेको छैन । म यसमा नै छु । अहिलेको विन्दूमा आइपुग्दा चाहिँ यो विधाले नै निम्त्याएका अन्य कार्यहरुमा व्यस्त छु ।’ फिल्ममा काम गर्न ढिलाई भए पनि अब चाँडै फर्किने उनले संकेत गरे । उनी भन्छन्, ‘ढिला भए पनि दुरुस्त तरिकाले आउनेछु ।’

उनी आफूलाई फिल्मको प्रस्ताव भने आइरहेको बताउँछन् । ‘मेकहरुले मलाई ‘अप्रोच’ गरिरहनुभएकै छ । विदेश बस्ने मेकरहरुले पनि रुचि देखाउनुभएको छ । मेरै अवस्था (उमेर)लाई हेरेर स्क्रिप्टमा काम गरिरहनुभएको छ । तर, त्यो अत्यन्त प्रारम्भिक चरणमा छ । अब त्यसलाई कसरी अगाडि बढाउने भन्ने मेरो वा मेकरमा निर्भर रहनेछ । सायद चाँडै खुसीको खबर आउनेछ,’ उनले भने ।

अहिले नेपाली फिल्मको वातावरण झनै मौलाएको छ भन्ने हमाललाई लाग्छ । उनी भन्छन्, ‘पहिला एउटा फर्म्याटमा फिल्म बन्थ्यो । सामाजिक कथा, विद्रोही चरित्र, घरपरिवारको कथा हुन्थे । यो फर्म्याटबाट हामी धेरै वर्ष निस्किन सकेनौं । अहिले विभिन्न विषयमा फिल्म बनिरहेका छन् । दर्शकहरु पनि त्यो हेर्न तयार भइसक्नुभएको छ ।’ उनले फिल्म निर्देशनको पनि रुचि व्यक्त गरेका छन् ।