मिति : २०८१ मंसिर ९, आईतवार

Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(1 vote, avg 5.00/5.00)
Text size:-
+
-

‘ह्रस्व दीर्घ’ पोस्टर : नीताको टाउको बने ब्रह्मानन्दमदेखि बुद्धिसम्म

फिल्मीखबर, काठमाडौं, 2024/06/11

neeta dhunagana

 

संविधान दिवसको अवसर पारेर आगामी असोज ३ गतेदेखि प्रदर्शनमा आउने तयारीमा रहेको फिल्म ‘ह्रस्व दीर्घ’को चौंथो चरणको पोस्टर गरिएको छ । फिल्मकी अभिनेत्री नीता ढुंगाना चित्रित पोस्टर रोचक देखिन्छ । उनको हातमा हनुमानले बोक्ने गदा (वाहन) छ भने ब्रह्मानन्दम, अली, किरण केसी, बुद्धि तामाङ, रविन्द्र झा र आदर्श मिश्रलाई उनको टाउकोको रुपमा प्रस्तुत गरिएको छ ।

रातो कुर्था र आँखामा चस्मा लगाएकी नीताको चरित्र धार्मिक देखिन्छ । उनले दुईटै नाडीमा एउटा मन्त्र लेखिएको चुरा आकारको पट्टा लगाएकी छन् भने हातमा रातो रंगले गोलो आकृति बनाएकी छन् । उनको क्यारेक्टर लुक्सले चञ्चल र रिसाहा युवतीको संकेत गर्छ । फरक शैलीमा पोस्टर तयार पारिएकाले फिल्मप्रति दर्शकको कौतुहलता बढाउने देखिन्छ । फिल्मकी निर्माता नीता नै हुन् ।

फिल्मलाई द्वन्द्व निर्देशक चन्द्र पन्तले निर्देशन गरेका हुन् । यसअघि उनले केही सफल भोजपुरी फिल्म निर्देशन गरिसकेका छन् । नेपाली फिल्म निर्देशन भने उनको यो पहिलो हो । यसमा हरिहर अधिकारी, विपना थापा, गरिमा शर्मा, प्रशान्त ताम्राकार, सरोज खनाल लगायतको पनि अभिनय छ भने साउथबाट ब्रह्मानन्दम र अलिसँगै प्रदीप रावत र कबीर दुहान सिंहको पनि अभिनय छ ।

हरिहर अधिकारीको कथा लेखन रहेको फिल्मलाई भारतीय छायाँकार कवीरलालले खिचेका हुन् । उनले ‘वेलकम ब्याक’, ‘परदेश’, ‘दिल आपके पास है’ जस्ता दर्जनौं बलिउड फिल्म खिचेका छन् । फिल्मको नेपाल र भारतमा गरी तीन चरणमा छायांकन गरिएको थियो । यसमा मित्र डि गुरुङको सम्पादन छ भने गीतमा रामजी लामिछाने र बलिउडका शुष्मा सुमनको कोरियोग्राफी रहेको छ ।