मिति : २०८१ मंसिर ९, आईतवार

Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(0 vote, avg 0.00/5.00)
Text size:-
+
-

‘छक्का पञ्जा’ टिमबाट बाहिरिएपछि जितुलाई फिल्मको चाप, ‘कङ्गारु’मा भित्रिए

फिल्मीखबर, काठमाडौं, 2024/06/15

jitu nepal

 

‘छक्का पञ्जा’ टिमको भरपर्दो खब्बा थिए, जितु नेपाल । ‘६ एकान ६’देखि दीपक-दीपा समूहको फिल्ममा उनी टुटेका थिएनन् । यो समूहको फिल्म चल्नुमा उनको पनि ठूलो भूमिका थियो । तर, ‘महानायक’ विवादको समयमा जितुले आफ्नो नामको कमेडी शोको अध्यक्षबाट दीपाश्री निरौलालाई हटाएपछि उनलाई पनि टिमबाट हटाइयो । यसपछि जितुले आफ्नै हिसाबले काम गरिरहेका छन् ।

‘छक्का पञ्जा’ टिमबाट बाहिरिएपछि बाहिरी ब्यानरका फिल्ममा उनको राम्रो माग देखिएको छ । डेढ वर्षअघि उनी अभिनीत ‘ह्यारी कि प्यारी’ रिलिज भएको थियो । यतिबेला उनले फिल्म ‘ज्वाइँसाब’मा काम गरिरहेका छन् । उनको ‘पाइपलाइन’मा ‘कार्साङ’ भन्ने फिल्म पनि छ । अब अर्को फिल्म पनि उनी जोडिएका छन् । ‘ज्वाइँसाब’को सेटमा जितुले शुक्रबार ‘कङ्गारु’ सम्झौता गरेका हुन् ।

सम्राट बस्नेतको निर्देशनमा बन्न लागेको फिल्ममा यसअघि नै ‘छक्का पञ्जा’ समूहका केदार घिमिरे (माग्ने बुढा) अनुबन्धित भैसकेका छन् भने अभिनेता अर्पण थापाले पनि अभिनय रहनेछ । कमेडी, सस्पेन्स र थ्रीलर जनरामा निर्माण हुन लागेको फिल्मको छायांकन नेपालसँगै अष्ट्रेलियामा हुने जनाइएको छ । सुशन प्रजापतिको छायांकन रहने फिल्मका लागि अभिनेत्रीको भने टुंगो लाग्न बाँकी छ ।

फुलमुन मोसन पिक्चर्स तथा उत्तरगया म्युजिक एण्ड फिल्मसँग एसजिटि प्रोडक्सनको सहकार्यमा निर्माण हुन लागेको फिल्ममा प्रेम थापा, धन बहादुर गुरुङ ‘डिबी’ तथा मनोज भण्डारी ‘म्यक्स’ निर्मातामा छन् । त्यस्तै, फिल्मको सह-निर्मातामा अन्जन दुरा र लक्ष्मी राई छन् भने कार्यकारी निर्माता टीका भण्डारी हुन् । फिल्ममा सीमा गुरुङको कथा छ । प्रोडक्सन डिजाइनरमा दिलीप पन्त छन् ।