मिति : २०८१ मंसिर ९, आईतवार

Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(1 vote, avg 5.00/5.00)
Text size:-
+
-

केकीप्रति ‘बोक्सीको घर’ निर्देशकको असन्तुष्टि, लेख्छन्, ‘काम गर्ने कालु माम खाने आलु’

फिल्मीखबर, काठमाडौं, 2024/06/16

फिल्म ‘बोक्सीको घर’ बक्स अफिसमा नपत्याउने खोला बनेर निस्कियो । ‘चल्छ र ?’ भनेर धेरैले आशंका गरेको यो फिल्मले हलमा प्रदर्शनको ५१औं दिन मनाउँदै १० करोडमाथि व्यापार गरेको छ । जबकि, फिल्ममा एक करोड पनि लगानी छैन । यो फिल्मबाट सबैभन्दा बढी फाइदा अभिनेत्री केकी अधिकारीलाई भएको छ । निर्मात्री समेत भएकाले उनले निकै ठूलो मुनाफा कमाएकी छन् ।

 

Sulakshyan Bharati


तर, फिल्म सफल भए पनि टिमभित्र मनमुटाव सुरु भएको छ । लेखक तथा निर्देशक सुलक्षण भारतीले आइतबार केकीप्रति लक्षित गर्दै स्टाटस लेखेपछि टिमभित्रको मनमुटाव सहतमा आएको हो । उनले ‘काम गर्ने कालु माम खाने आलु’ भन्दै केकीप्रति घुमाउरो रुपमा कटाक्ष गरेका छन् । र, सर्जकको रुपमा आफ्नो मृत्यु भएको अनुभव गरिरहेको समेत उनले स्टाटसमा उल्लेख गरेका छन् ।

‘यो नितान्त मेरो कृति हो र निर्माता पक्षले यसमा ध्यान नदिनुले के प्रश्न खडा गर्छ ? कुनै पनि ‘बोक्सीको घर’को कार्यक्रममा लेखक र निर्देशकको उपस्थिति नहुनु र वास्ता नगरिनुले के सार्थकता राख्छ ? म सर्जक भएर हेर्दा आफ्नो मृत्यु भएको अनुभव गरेको छु । जसले जे काम गरेको छ त्यसको उचित मुल्यांकन हुन पनि जरुरी छ वा छैन ?,’ कलाकार समेत रहेका सुलक्षणले लेखेका छन् ।

आर्थिक तथा सामाजिक रुपमा कमजोर भएकाले वेवास्ता गरिएको उनको आरोप छ । उनी प्रश्न गर्दै अगाडि लेख्छन्, ‘के लेखक र निर्देशकलाई यसरी वेवास्ता गर्न मिल्छ ? बौद्धिक चोरी भनेको के हो ? ‘बोक्सीको घर’ आखिरमा कसले बनाएको फिल्म हो ? अब फेरि जीवनमा म जस्ताले फिल्म किन र केका लागि बनाउने ?’ उनले ‘हिपोक्रेसी’ चरण विन्दूमा पुगेको हो भन्दै प्रश्न गरेका छन् ।

 

Sulakshyan Bharati


फिल्म रिलिजपछि केकी र भारतीले एकसाथ विभिन्न हल पुगेर दर्शकको प्रतिक्रिया बुझेका थिए । पहिलो हप्ता नै फिल्म ‘सुपरहिट’ भएपछि उनीहरुले ‘बोक्सीको घर’को सिक्वेल बनाउने समेत घोषणा गरेका थिए । तर, अब निर्देशक भारतीको स्टाटसले केकीसँग सम्बन्ध विग्रिएको प्रष्ट रुपमा संकेत गर्छ । जसले गर्दा अब ‘बोक्सीको घर २’ निर्माण हुन्छ वा हुँदैन भन्नेमा आशंका उब्जिएको छ ।