मिति : २०८१ मंसिर ८, शनिवार

Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(2 votes, avg 5.00/5.00)
Text size:-
+
-

‘ब्लकबस्टर’ भएको हो ‘पूजार सार्की’ ?

फिल्मीखबर, काठमाडौं, 2024/06/17

एक वर्षदेखि चलचित्र विकास बोर्डले बक्सअफिस रिपोर्ट सार्वजनिक गरेको छैन । जसले गर्दा निर्माताले बढाइँचढाइँ पनि फिल्मको कलेक्सन सार्वजनिक गरिरहेका छन् । तर, गत जेठ १० गतेबाट प्रदर्शनरत दुई फिल्म ‘पूजार सार्की’ र ‘फर्की फर्की’को व्यापारिक आँकडा बाहिर ल्याइएको छैन । जसले गर्दा दुवै फिल्मको व्यापार अपेक्षाकृत नभएको हुनसक्ने अड्कलबाजी पनि भइरहेको छ ।

यसैबीच, ‘पूजार सार्की’को निर्माण कम्पनी किङ्गडम नेटवर्कले फिल्मलाई ‘ब्लकबस्टर’ घोषणा गरेको छ । सोमबार जारी फिल्मको एक पोस्टरमा ‘ब्लकबस्टर’ उल्लेख छ । २४औं दिनमा पनि देशभरका ५० भन्दा बढी स्क्रिनहरुमा फिल्म रिलिज भइरहेको निर्माण कम्पनीले जनाएको छ । तर, कलेक्सन रिपोर्ट सार्वजनिक नै नगरी ‘ब्लकबस्टर’ दाबी गर्नुलाई भने धेरैले स्वभाविक मानेका छैनन् ।

 

pujar sarki


निर्माताले फिल्मको लागतबारे जानकारी नगराए पनि मार्केटिङसहित करिब साढे २ करोड भेटेको आँकलन गर्न सकिन्छ । लगानी उठाउन मात्र फिल्मले नेपालमा कम्तिमा ६ करोडमाथिको व्यापार गर्नैपर्छ । यो हुँदा फिल्म ‘हिट’ कहलिन्छ । ‘ब्लकबस्टर’ हुनलाई भने लगानीको दुई सय प्रतिशत मुनाफा कमाउनैपर्छ । ‘पूजार सार्की’सँग ‘फर्की फर्की’ पनि आएकाले यो सम्भव भएको देखिँदैन ।

तथापि, ‘पूजार सार्की’ले व्यापारमा भने बाजी मारेको छ । रिलिजको चौंथो हप्ता आइपुग्दा पनि मल्टीप्लेक्सहरुमा सुखद् शोजसहित आफ्नो उपस्थिति जनाइराख्नुले नै फिल्मको सफलता बोल्छ । अझै पनि सार्वजनिक विदामा फिल्मको अकुपेन्सी सुखद् देखिन्छ । बलियो ‘स्टारकास्ट’ र विषयवस्तुका कारण फिल्मलाई ठूलो फाइदा पुगेको छ । सम्भवतः यो फिल्मले ५१औं दिन मनाउन सक्नेछ ।

फिल्ममा अहिलेका तीन स्टार आर्यन सिग्देल, प्रदीप खड्का र पल शाह प्रमुख भूमिकामा छन् । यो फिल्मबाट उनीहरुले एकपटक फेरि आफ्नो ‘स्टारडम’ प्रमाणित गरे । विशेषगरी ‘पूजार सार्की’बाट प्रदीपलाई सबैभन्दा बढी फाइदा भएको छ । किनकि, उनको अभिनय क्षमताको उल्लेख्य प्रशंसा भइरहेको छ । यसबाट उनले आफूलाई ‘अब्बल कोटी’को कलाकारको रुपमा चिनाएका छन् ।