मिति : २०८१ मंसिर ८, शनिवार

Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(0 vote, avg 0.00/5.00)
Text size:-
+
-

विराटनगरमा ‘क्यानडा नेपाल माउन्टेन फिल्म फेस्टिभल’ हुने

फिल्मीखबर, काठमाडौं, 2024/06/18

cnmff

 

चलचित्र निर्देशक समाजको प्रस्तुतिमा ‘क्यानडा नेपाल माउन्टेन फिल्म फेस्टिभल २०२४’ आयोजना हुने भएको छ । विराटनगरमा यही असार १८ र १९ (जुलाई २ र ३)मा फेस्टिभल हुन लागेको हो । नेपाल चलचित्रकर्मी महासंघ प्रदेश नं. १ को आयोजनामा हुन लागेको फेस्टिभलमा २०७९ र २०८० सालमा निर्माण भएका फिचर फिल्म, सर्ट फिल्म र वृतचित्रले सहभागिता जनाउन सक्नेछन् ।

हिमाल, पर्यटन तथा कला-संस्कृतिसँग नजिक रहेका फिल्मलाई फेस्टिभलमा विशेष प्राथमिकता दिइने निर्देशक समाजका अध्यक्ष जनदीप पराजुलीले बताए । फेस्टिभलमा सहभागिता हुन चाहने फिल्मले यही असार ११ गतेभित्र आवेदन दिनुपर्नेछ । फेस्टिभलमा फिल्म प्रदर्शनसहित विभिन्न विषयमा अन्तरक्रिया पनि गरिने जनाइएको छ । समापनमा भने उत्कृष्ट फिल्मलाई पुरस्कृत गरिनेछ ।

‘यो फेस्टिभल यस वर्ष कोशी प्रदेश विराटनगरमा आयोजना हुने भएपनि आगामी वर्षहरुमा हामीले देशभर लैजाने योजना बनाएका छौ’, पराजुलीले भने, ‘फेस्टिभलले फिल्म संस्कृतिको विकास गर्दै फिल्म निर्माण र प्रदर्शनमा पनि ठूलो सहयोग गर्नेछ ।’ चलचित्र विकास बोर्डको सहकार्य रहेको फेस्टिभलमा किङडम इन्टरनेशनल तथा डब्लुसिसिएन सहयोगी संस्थाको रुपमा जोडिएका छन् ।