मिति : २०८१ मंसिर ८, शनिवार

Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(0 vote, avg 0.00/5.00)
Text size:-
+
-

‘सरफिरा’ ट्रेलर : एक रुपैयाँमा प्लेनमा उडाउने सपनाको कथा

एजेन्सी, काठमाडौं, 2024/06/18

Sarfira' trailer: Akshay Kumar aims to make flying affordable for common  man - India Today

 

विगत एक/डेढ वर्षदेखि बलिउड सुपरस्टार अक्षय कुमारले हलमा आफ्नो ‘स्टारडम’ देखाउन सकेका छैनन् । ‘ओएमजी २’बाहेक ‘राम सेतु’, ‘सम्राट पृथ्वीराज’, ‘बडे मियाँ छोटे मियाँ’, ‘सेल्फी’, ‘बच्चन पाण्डे’, ‘मिसन रानीगञ्ज’ जस्ता फिल्मको असफलताले उनको करिअर नै संकटग्रस्त बनेको छ । अब उनलाई आशा भनेको आगामी १२ जुलाईमा रिलिज हुन लागेको फिल्म ‘सरफिरा’प्रति छ ।

यो फिल्मको मंगलबार ट्रेलर रिलिज गरिएको छ । साढे २ मिनेट लामो ट्रेलरमा इमोशन र ड्रामा बलियो देखिन्छ । आम मानिसलाई एक रुपैयाँमा प्लेनको यात्रा गराउने सपना बोकेको पात्रमा अक्षयले बुलन्द अभिनय गरेका छन् । ट्रेलरमा ‘डाइलग’ र ‘ब्याकग्राउन्ड स्कोर’ सशक्त छ । कम लागतको ‘एयरलाइन्स’ सुरु गर्ने सपना बोकेर हिँडेको एक पात्रको संघर्षको कथामा फिल्म आधारित छ ।

यो फिल्म क्याप्टेन जीआर गोपीनाथको जीवनीमा बनेको हो, जो ‘एयर डेक्कन एयरलाइन्स’का फाउन्डर हुन् । ‘सरफिरा’ सन् २०२० मा आएको अभिनेता सूर्या अभिनीत तमिल फिल्म ‘सोरारई पोटरू’को हिन्दी रिमेक हो । यही फिल्मकी निर्देशक सुधा कोङगाराले हिन्दी रिमेक बनाएकी हुन् । फिल्ममा सूर्याको ‘केमियो’ समेत छ । अक्षयसँगै परेश रावल र राधिका मदान मुख्य भूमिकामा छन् ।