मिति : २०८१ मंसिर ८, शनिवार

Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(0 vote, avg 0.00/5.00)
Text size:-
+
-

राजेश हमाल बने ‘राठीकोल’को ब्रान्ड एम्बासडर

फिल्मीखबर, काठमाडौं, 2024/06/18

नेपाली फिल्ममा बोन्डिङ पार्टनरको रुपमा सहकार्य गर्दै आएको स्वदेशी उत्पादन ‘राठीकोल’को ब्रान्ड एम्बासडरमा अभिनेता राजेश हमाल नियुक्त भएका छन् । मंगलबार काठमाडौंमा आयोजित एक समारोहका बीच राठी ग्रुपका अध्यक्ष अरुण कुमार राठी र अभिनेता हमालले सम्झौता पत्रमा हस्ताक्षर गरे । हमालले अबको एक वर्षसम्म ‘राठीकोल’का विभिन्न विज्ञापनहरुमार्फत यसको प्रचार गर्नेछन् ।

 

RATHICOL PRESS MEET SIGING PHOTO 1


हमाललाई एम्बासडर नियुक्त गरेपछि अध्यक्ष राठीले ‘राठी’ ब्रान्डले फिल्ममा हमालको विरासतलाई सदैव सम्मान गर्ने बताए । यो सहकार्यले नेपाली फिल्म र समाजका लागि राजेश हमालको प्रतिबद्धता र ‘राठिकोल’को उत्कृष्टताको प्रतिबद्धतासँग उत्तम रुपमा मेल खाने उनको विश्वास छ । ‘राठीकोल’ एढेसिभ (चिपकने पदार्थ)को उत्पादन र गुणस्तर दुवै हिसाबमा पहिलो रहेको समेत उनले दाबी गरे ।

‘आज यो उत्पादनलाई लाखौँ कालिगडहरूले विश्वास गरेर प्रयोग गरिरहेका छन् भने हजारौँ बिक्रेताहरूले बेचिरहेका छन् । विगत ३५ वर्षदेखि निरन्तर प्रयोग हुनु भनेको सानो कुरा होइन । विदेशी कम्पनीहरुको उत्पादनले लिएको बजारको प्रतिस्पर्धामा हामीले  ‘राठीकोल’लाई स्थापित गर्न सक्षम भएका छौँ,’ उनले भने । नेपाली फिल्ममा दशकौंदेखि राजेश हमाल ‘नम्बर वान’ भएजस्तै ‘राठीकोल’ पनि ‘नम्बर वान’ ब्रान्ड रहेको उनको दाबी छ ।

त्यस्तै, अभिनेता हमालले ‘राठीकोल’लाई ‘नेशनल प्राइड’को रुपमा सम्बोधन गर्दै नेपालमा यो गुणस्तरको उत्पादन हुनु नेपालीको लागि गर्वको कुरा रहेको बताए । उनले उपभोक्ताको विश्वास जितेको ब्रान्डसँग सहकार्य गर्न पाएकोमा खुसी व्यक्त गरे । उनले भने, ‘निकै वर्ष पहिले ‘राठीकोल’को चाखलाग्दो विज्ञापन आउँदा नै मैले यो ब्रान्डबारे थाहा पाएको थिएँ । यो विन्दूमा आएर यो ब्रान्डसँग जोडिन पाउँदा खुसी लागेको छ ।’

 

RATHICOL PRESS MEET GROUP


राठीकोलका सिइओ योगेश राठीले हमालको फिल्म यात्रा र राठीकोलको उत्पादनको यात्रा बराबर ३५ वर्ष रहेको उल्लेख गर्दै निरन्तर सहकार्यमा रहने बताए । राठी ग्रुपको इतिहास १३० वर्ष पुरानो छ । ‘राठीकोल’ राठी ग्रुपको एक प्रमुख उत्पादन मध्ये एक हो, जसले गुणस्तरीय चिपकने पदार्थ (एढेसिभ) उत्पादनका रुपमा आफूलाई स्थापित गरेको छ ।

यसको मुख्य नारा ‘टाँस्छ मज्जाले टाँस्छ’ भन्ने छ । राठीकोल उत्पादनहरू प्रिमियम उड एढेसिभ, इकोनोमिकल उड एढेसिभ, साइनोएक्रिलेट (सुपरग्लु), क्राफ्ट एढेसिभ (विषादीरहित), पारदर्शी एढेसिभ, इन्ड्रस्ट्रियल एढेसिभ, सिलिकन एसेटोक्सी क्यान र पाउच (न्युट्रल) तथा मास्किङ टेप, डक्ट टेप, ईभिए फोम टेप, कार्टुन टेप, डबल साइड टेप आदि हुन् । यी उत्पादनहरुले विदेशी ब्रान्डहरुको आयात कम गराएर देशको अर्थतन्त्रमा समेत राठी समूहले ठूलो योगदान पुर्‍याएको छ ।