मिति : २०८१ मंसिर ८, शनिवार

Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(0 vote, avg 0.00/5.00)
Text size:-
+
-

साम्राज्ञी र धीरजको ‘रुमानी रङ्ग’ अन्योलमा, निर्देशक बाहिरिए

फिल्मीखबर, काठमाडौं, 2024/06/19

Anil Yonjan (2)

 

अभिनेत्री साम्राज्ञी राज्यलक्ष्मी शाह र अभिनेता धीरज मगरलाई लिएर बन्न लागेको फिल्म ‘रुमानी रङ्ग’को निर्माण अन्योल देखिएको छ । छायांकन सुरु नहुँदै टिमभित्र ठूलो उथलपुथल आएको छ । निर्मातासँग मतभेदपछि निर्देशक अनिल योञ्जन फिल्मबाट अलग भएका छन् । उनले मंगलबार फेसबुक स्टाटसमार्फत फिल्मको गुणस्तरमा असर पर्ने देखेपछि आफू बाहिरिएको जनाएका छन् ।

यसअघि ‘डायरी’ निर्देशन गरेका योञ्जन लेख्छन्, ‘धेरै विचारपछि मैले ‘रुमानी रङ्ग’बाट निर्देशकको रुपमा आफ्नो नाम फिर्ता लिने निर्णय गरेँ । मैले आधिकारिक रुपमा यो परियोजनाबाट २ जुनमा नै राजीनामा दिएको थिएँ ।’ आफ्नो राम्रो प्रयास र प्रतिबद्धताका बाबजूद फिल्मको प्रगतिमा प्रभाव पार्ने आधारभूत समस्याहरु देखिएपछि निर्देशनबाट आफ्नै इच्छाले अलगिएको उनी बताउँछन् ।

निर्माण टिमको संलग्नता, चासो र सङ्गठनात्मक प्रभावकारिताको अभावले समस्या उत्पन्न भएको जनाउँदै उनी अगाडि लेख्छन्, ‘यी समस्याले ढिलाइ निम्त्याएको थियो र फिल्मको गुणस्तर र सम्भावित सफलतामा असर पर्ने देखेपछि राजीनामा दिएको हो,’ उनले भनेका छन् । निर्माताले नयाँ निर्देशक खोज्न समय मागेकाले आफू बाहिरिएको जानकारी पहिल्यै दिन नसकेको उनको भनाई छ ।

 


फिल्मबाट अनिल बाहिरिएपछि निर्माताले नयाँ निर्देशक खोजिरहेको जानकारी प्राप्त छ । फिल्मको ९० प्रतिशत अस्ट्रेलियामा र १० प्रतिशत नेपालमा छायांकन हुने जनाइएको थियो । फिल्मको प्रस्तुतकर्ता जिएम ठकुरी तथा निर्माता हरि मल्ल ठकुरी हुन् । सुशील थापा, सृजन बस्नेत, सन्तोष सरु र विजय अधिकारी भने सह-निर्मातामा छन् । साम्राज्ञी र धीरज यही फिल्म पर्खेर बसिरहेका छन् ।