मिति : २०८१ मंसिर ८, शनिवार

Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(1 vote, avg 5.00/5.00)
Text size:-
+
-

मलिकाको वेदना बोल्ने ‘सतीदेवी’ गीत

फिल्मीखबर, काठमाडौं, 2024/06/21

malika mahat

 

आगामी साउन ४ गतेदेखि प्रदर्शनमा आउने तयारीमा रहेको ‘अवार्डेड’ फिल्म ‘सतीदेवी’को पहिलो गीत सार्वजनिक गरिएको छ । ‘लैजा दैव फिर्ता लैजा’ बोलको गीतले फिल्मकी मुख्य अभिनेत्री मलिका महतको पीडा र वेदना बोलेको छ । गीतमार्फत फिल्ममा उनले बाँचेको जीवनलाई बुझाउन खोजिएको छ । उनले आफ्नो भाग्यलाई खोटो सिक्कासँग दाँजेकी छन्, जुन निकै मर्मस्पर्शी छ ।

‘सतीदेवी’का निर्देशक समेत रहेका लक्ष्मण सुवेदीको शब्द रचना रहेको गीतमा सुभाष भुसालको संगीत र ममता गुरुङको स्वर छ । पुरुषोत्तम सुवेदी एरेञ्जर हुन् । निर्देशक सुवेदीवले यो गीतले फिल्ममा कथावाचनको भूमिका खेलेको दाबी गरेका छन् । फिल्मको यसअघि सार्वजनिक पोस्टर र टिजरले दर्शकको ध्यान खिचेको छ । विशेषगरी टिजरमा मलिकाको अभिनयको प्रशंसा भएको छ ।

निर्देशक सुवेदी स्वयंको लेखन रहेको फिल्ममा मलिकासहित रमेश बुढाथोकी, सन्दीपबाबु लोहनी, सृजना अधिकारी, हर्षिका वली, मञ्जिला बानियाँ, कुलदीप अधिकारी, भोला सापकोटा, सुजिता सिवाकोटी, मनिषा सापकोटा, सन्देश लिम्बू आदिले अभिनय गरेका छन् । विशाल सुवेदी र श्रीदेवी सुवेदी निर्माता रहेको फिल्मले वंश धान्न छोरा चाहिन्छ भन्ने पितृसत्तात्मक सोचलाई प्रश्न गरेको छ ।