मिति : २०८१ आश्विन ५, शनिवार

Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(1 vote, avg 5.00/5.00)
Text size:-
+
-

‘काली २’ बन्ने, रेखा र पूजा भिड्ने !

फिल्मीखबर, काठमाडौं, 2024/06/23

rekha thapa, pooja sharma

 

यतिबेला सिक्वेल र सिरिज फिल्मको निर्माण बढिरहेको समयमा अब १० वर्ष अगाडिको सफल फिल्म ‘काली’को पनि दोस्रो श्रृंखला बन्ने भएको छ । र, यसपटक दुई अभिनेत्रीहरु आमने-सामने हुने भएका छन् । फिल्ममा रेखा थापा र पूजा शर्मा मुख्य भूमिकामा प्रस्तुत हुन लागेका हुन् । फिल्म ‘दान्भी’को हल ‘भिजिट’को क्रममा शनिबार पूजाले ‘काली २’ बन्न लागेको जानकारी गराएकी हुन् ।

उनले भनेकी छन्, ‘रेखा थापा भर्सेस पूजा शर्मा, ‘काली २’ । अब झन् बबाल हुन्छ । शनिबार मात्र यो कुरा पक्का भएको हो । रेखा दिदीले नै यो जानकारी मिडियामा गराऊ भन्नुभएको हो । र, मैले भगवान् मान्ने हलमा आएर यो जानकारी गराएको हुँ । अब ‘काली २’ पर्खेर बस्नुहोला ।’ पूजाले उल्लेख गरेको ‘भर्सेस’ शब्दले यो फिल्ममा उनीहरु एकअर्काको दुश्मनको रुपमा देखिने संकेत गर्छ ।

रेखा र पूजाले गत फागुनमा प्रदर्शित फिल्म ‘उपहार’मा पहिलोपटक एकसाथ काम गरेका थिए । तर, यसले सफलता पाउन सकेन । अब दोस्रोपटक उनीहरुको सहकार्य हुँदैछ । ‘काली २’मा दुवैजना एक्सन भूमिकामा प्रस्तुत हुने जनाइएको छ । रेखालाई एक्सन भूमिकामा स्थापित गरेको नै ‘काली’ले हो । पूजा भने यतिबेला प्रदर्शनरत ‘दान्भी’मा पहिलोपटक एक्सन भूमिकामा देखिएकी छन् ।

सविर श्रेष्ठको निर्देशनमा बनेको ‘काली’ २०७० सालको कात्तिकमा आएको थियो । यसमा रेखा प्रहरी निरीक्षकको भूमिकामा थिइन् भने उनको अपोजिटमा अभिनेता किशोर खतिवडा प्रस्तुत थिए । ‘काली २’का लागि निर्देशक भने निश्चित भइसकेका छैनन् । न त ‘काली’का निर्देशक सविरसँग रेखाले फिल्मको बारेमा कुराकानी गरेकी छन् । यसको मतलब फिल्ममा निर्देशक फेरिन सक्नेछन् ।