मिति : २०८१ आश्विन ५, शनिवार

Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(7 votes, avg 4.86/5.00)
Text size:-
+
-

‘जेरी अन टप’मा जसिता ‘इन’, आना ‘आउट’

फिल्मीखबर, काठमाडौं, 2024/06/23

aana sharma and jasita gurung

 

निर्माणको तयारीमा रहेको फिल्म ‘जेरी अन टप’मा मुख्य अभिनेत्री फेरिएका छन् । करिब ६ महिना अगाडि नै फिल्ममा अनुबन्धित भइसकेकी अभिनेत्री आना शर्मालाई हटाएर निर्माण टिमले अर्की अभिनेत्री जसिता गुरुङलाई ‘कास्ट’ गरेको छ । अब यो फिल्ममा अभिनेता अनमोल केसीको जोडी जसितासँग बाँधिनेछ । यसअघि दुवैले ‘फर्की फर्की’मा पहिलोपटक एकसाथ काम गरेका थिए ।

फिल्मबाट आनालाई हटाउनुमा उनले व्यावसायिकता नदेखाएको निर्माता सरोज न्यौपानको भनाई छ । ‘हामीले ‘फोटोसुट’का लागि एक हप्ता अगाडिदेखि तयारी गरेका थियो । शनिबार दिउँसोसम्म पर्खिँदा पनि उहाँ आउनुभएन । न फोन उठ्यो । यसअघि पनि उहाँले यस्तै गर्नुभएको थियो । यसरी त काम गर्न सकिन्न भनेरै कलाकार फेर्‍यौं । सबैमा व्यावसायिकता भन्ने हुनुहुन्छ,’ उनले भने ।

करिब २ सातादेखि आना फिल्म ‘एक्टर’को छायांकनमा व्यस्त छिन् । यसले गर्दा उनी ‘जेरी अन टप’को कार्यशालामा सहभागी हुन पाएकी थिइनन् । र, शनिबारको ‘फोटोसुट’ समेत उनी नआएपछि निमाण टिमले उनको विकल्प खोजेको हो । तर, शनिबार आना ‘एक्टर’को छायांकन पनि उपस्थित नभएको जनाइएको छ । २०७१ सालमा प्रदर्शन भएको ‘जेरी’मा उनी नै मुख्य अभिनेत्री थिइन् ।

अभिनेत्री आँचल शर्माको समेत अभिनय रहने ‘जेरी अन टप’लाई सुयोग गुरुङले निर्देशन गर्दैछन् । यसअघि यो फिल्मलाई हेमराज विसीले निर्देशन गर्ने निश्चित भएको थियो । तर, उनी अमेरिका गएपछि फिल्ममा सुयोग भित्रिएका हुन् । सुयोगले यसअघि ‘फर्की फर्की’ निर्देशन गरेका थिए । आगामी साउन १ गतेदेखि छायांकन सुरु हुन लागेको फिल्मको निर्मातामा दीपक भण्डारी पनि छन् ।