मिति : २०८१ आश्विन ५, शनिवार

Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(5 votes, avg 4.80/5.00)
Text size:-
+
-

‘खुस्मा’ पोस्टरमा धीरज र उपासनाको केमेस्ट्री

फिल्मीखबर, काठमाडौं, 2024/06/23

khusma

 

आगामी असोज ३ गतेदेखि प्रदर्शनमा आउन लागेको फिल्म ‘खुस्मा’को क्यारेक्टर पोस्टर सार्वजनिक गरिएको छ । दुईमध्ये एउटा पोस्टरमा अभिनेता धीरज मगर र अभिनेत्री उपासना सिंह ठकुरी प्रेमिल भावमा देखिएका छन् । उपासनालाई धीरजले अंगालोमा बाँधेका छन् । अर्को पोस्टरमा भने उपासना गम्भीर भावमा चित्रित छन् । फिल्मले प्रेम र विछोडको कथा भन्ने पोस्टरले बुझाउँछ ।

मगर समुदायको पृष्ठभूमिमा बनेको फिल्ममा धीरज र उपासनासँगै माओत्से गुरुङ, खड्क बहादुर पुन (खबपु), सुजाता राई, राज थापा काउचा, विजय संयोक सुब्बा, राजु रेग्मी मगर, अस्तित्व भट्टचन, संगीता थापा मगर, अरुण पुन मगर, सारा राई, श्वेता मिश्र, विवेश मगर, दुईसाङ थिङ लगायतको अभिनय छ । यो फिल्मलाई पूर्वी रुकुम जिल्लाको ताकसेरा क्षेत्रमा छायांकन गरिएको हो ।

अशोक थापामगरको निर्देशनमा बनेको फिल्मको निर्माताहरुमा वीर बहादुर लामा, चन्द्र बहादुर भट्टचन, बेतान मगर, मान बहादुर धनाह मगर र सुस्मिता बुढाथोकी छन् । दीपक बज्राचार्यको छायांकन रहेको फिल्ममा एसडी योगी र छान्जु पार्कको संगीत, सुरेन्द्र राना, राम अविरल बिष्ट तथा निर्देशक थापा मगरको गीत रचना छ । फिल्मले द्वन्द्वकालीन समयको प्रेमकथा भन्ने जनाइएको छ ।