मिति : २०८१ आश्विन ५, शनिवार

Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(0 vote, avg 0.00/5.00)
Text size:-
+
-

‘एक्टर’को छायांकनमा प्रदीपलाई ‘भ्यानेटी भ्यान’को सुविधा

फिल्मीखबर, काठमाडौं, 2024/06/23

pradeep khadka (2)

 

हलिउड-बलिउड वा अन्य ठूला इन्डस्ट्रीमा फिल्मको छायांकन हुँदा कलाकारलाई ‘भ्यानेटी भ्यान’ उपलब्ध गराइन्छ । कसैको निजी ‘भ्यानेटी भ्यान’ पनि हुन्छ । त्यसमा घरजस्तै सुविधा हुन्छ । छायांकन नहुँदा आराम गर्न होस् वा मेकअप, ड्रेसअपका लागि ‘भ्यानेटी भ्यान’को प्रयोग हुने गरेको पाइन्छ । यसमा मात्र निर्माताको लाखौं खर्च हुन्छ । तर, नेपालमा भने यसको अभ्यास कमै भएको छ ।

विशेषगरी सार्वजनिक ठाउँमा छायांकन गर्ने समयमा नेपाली कलाकारहरुलाई धेरै समस्या हुने गरेको छ । मेकअप गर्दा एकजनाले छाता उडाएर राख्नुपर्छ । ड्रेसअपका लागि होटल वा घरै पुग्नुपर्छ । शौचालयको समस्या पनि उस्तै हुन्छ । यिनै कुरालाई मध्यनजर गरेर ‘एक्टर’का निर्माता थमन कुमार भण्डारीले फिल्मका अभिनेता प्रदीप खड्काका लागि ‘भ्यानेटी भ्यान’ उपलब्ध गराएका छन् ।

आफ्नो ‘टेक’ नहुँदा प्रदीपले त्यही भ्यानमा तयारी गरिरहेका छन् । अहिले उनको घर नै भ्यान बनेको छ । मेकअप तथा ड्रेसअपका लागि फिल्मका अन्य कलाकारहरुले पनि यो भ्यान प्रयोग गर्ने गरेका छन् । ‘भ्यानेटी रुम’ नाम दिइएको भ्यानलाई नेपालमा नै तयार पारिएको निर्माता भण्डारीले जानकारी दिए । एसी जडित भ्यानमा ऐना, बेड, दराज र छलफल गर्नका लागि बैठक कक्ष समेत छ ।

 

pradeep khadka (1)


१० दिनको पोखरा सेड्युलपछि यतिबेला काठमाडौंमा छायांकन भइरहेको फिल्ममा प्रदीपको अपोजिटमा अभिनेत्रीद्वय आना शर्मा र दिव्या रायमाझी छन् । राजन भुसालको निर्देशनमा बनिरहेको फिल्ममा राजबल्ल्भ कोइराला पनि मुख्य भूमिकामा छन् । तर, उनी आफ्नो भागको छायांकन सकाएर अमेरिका फर्किसकेका छन् । यो फिल्म कात्तिक १५ गते (लक्ष्मीपूजा)देखि प्रदर्शन हुँदैछ ।