मिति : २०८१ आश्विन ५, शनिवार

Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(0 vote, avg 0.00/5.00)
Text size:-
+
-

‘बलिदान’का लागि साउथबाट झिकाइयो छायाँकारदेखि द्वन्द्व निर्देशकसम्म

फिल्मीखबर, काठमाडौं, 2024/06/24

Balidan Team with South Indian Technicians 2

 

निर्माता तथा निर्देशक सन्तोष सेनको महत्त्वाकांक्षी प्रोजेक्ट ‘बलिदान’का लागि साउथ फिल्मबाट द्वन्द्व निर्देशकदेखि छायाँकारसम्म झिकाइएको छ । छायाँकार शरण ऋषि तथा द्वन्द्व निर्देशक स्टन्डर सामसहित करिब ५०/६० जना भारतीय टिमले फिल्ममा काम गर्ने निर्माता सेनले जानकारी दिए । उनीहरुमध्ये ऋषि र सामसहितको टिम भने नेपाल आएर फिल्मको तयारीमा जुटिसकेको छ ।

ऋषिले गत जेट अन्तिममा आएको नेपाली फिल्म ‘बाटो : रोड टु डेथ’ समेत खिचेका थिए । साउथ सुपरस्टार रजनीकान्त अभिनीत फिल्म ‘पेट्टा’ र सुपरस्टार चिरञ्जीवीको ‘आचार्य’को छायाङ्कन टिममा रहेर समेत उनले काम गरेका छन् । द्वन्द्व निर्देशक सामसँग भने राणा दगुबत्तीको ‘हात्ती मेरे साथी’, चियान विक्रम अभिनीत ‘थङ्गलम’ लगायतका साउथ फिल्महरुमा काम गरेको अनुभव छ ।

‘बलिदान’को छायांकनमा प्रयोग गरिने लाइट, साउन्ड, क्यामेरा जस्ता प्राविधिक सामग्रीहरु पनि भारतबाट झिकाइने निर्माता सेनले बताए । उनले भने, ‘फिल्मलाई उच्चस्तरीय बनाउन कुनै कसर छाड्ने छैनौं । यसको लागि हामीले दक्षिण भारतबाट प्राविधिक र मुम्बईबाट इक्विपमेन्टहरु ल्याउँदैछौं ।’ फिल्मको छायांकनका लागि इटहरीस्थित बिएमसी स्टुडियोमा ‘सेट’ नै तयार पारिएको छ ।

 

Balidan Team with South Indian Technicians


निर्माता सेन स्वयंको निर्देशन रहने फिल्मको मुख्य भूमिकामा अभिनेता विराज भट्टका छोरा (समीर)ले अभिनय गर्दैछन् । उनीसँगै सौगात मल्ल, अर्पण थापा, दिव्य देव र ऋचा शर्माको पनि अभिनय रहनेछ । आसुसेन फिल्मस् तथा सन्तोष सेनको प्रस्तुति रहने फिल्मको निर्मातामा पवन ब्राडफोर्ड बिस्ट छन् भने सह-निर्मातामा प्रेम पुरी रहेका छन् । फिल्म एक्सन प्रधान हुने जनाइएको छ ।