मिति : २०८१ आश्विन ५, शनिवार

Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(0 vote, avg 0.00/5.00)
Text size:-
+
-

‘ईश्वर’ गीतः पृथ्वी र अनुलाई सँगै जिउने चाह

फिल्मीखबर, काठमाडौं, 2024/06/24

Anu Shah, Prithviraj Prasai

 

आगामी साउन ११ गतेबाट प्रदर्शनमा आउन लागेको फिल्म ‘ईश्वर’को नयाँ गीत सार्वजनिक गरिएको छ । ‘आहा भो’ बोलको प्रेमिल भावको गीतमा कृष्ण काफ्ले र गीता पाण्डेको युगल गायन छ भने भीष्मराज फूलराको शब्द रचना तथा अर्जुन पोखरेलको संगीत रहेको छ । गीतको भिडियोमा भने फिल्मका मुख्य अभिनेता पृथ्वीराज प्रसाईं र अभिनेत्री अनु शाहबीचको प्रेमलाई दर्शाइएको छ ।

राजु गिरीको निर्देशनमा तयार भएको फिल्ममा पृथ्वी र अनुसहित सुनिल थापा, शिशिर वाङ्गदेल, माओत्से गुरुङ, ध्रुव थापा, रविन्द्र झा, बुद्धि तामाङ, कृष्टि गुरुङ, सबिन बास्तोला आदिको अभिनय छ । दिव्या कंगना फिल्म्सको ब्यानरमा निर्माण भएको फिल्मका निर्माता हरिबहादुर थापा हुन् । लक्ष्मी कुँवर थापाको प्रस्तुतिमा बनेको फिल्मले अन्तरजातीय प्रेममा आउने अवरोधको कथा भन्छ ।

निर्देशक गिरी स्वयंको कथा र भोजराज देवकोटाको पटकथा तथा संवाद लेखन रहेको फिल्ममा रामेश्वर हुँमागाईको छायांकन, देव महर्जनको द्वन्द्व निर्देशन, कविराज गहतराज, देवेन्द्र पाण्डे र सुरेश पाण्डेको कोरियोग्राफी तथा अर्जुन पोखरेल, राजेन्द्र बजगाई र बीपी वाग्लेको संगीत छ । यो फिल्मबाट अनुले पाँच वर्षपछि कमब्याक गरेकी हुन् । उनको पछिल्लो प्रदर्शित फिल्म ‘पसिना’ हो ।