मिति : २०८१ आषाढ २०, बिहिवार

Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(1 vote, avg 1.00/5.00)
Text size:-
+
-

बक्स अफिसमा ‘कल्की’को सुनामी, दुई दिनको कमाई कति ?

एजेन्सी, काठमाडौं, 2024/06/29

Kalki 2898 AD Box Office Collection Day 3 prabhas film may earn 100 Cr Plus Worldwide Gross on Saturday Kalki 2898 AD BO Collection Day 3: बॉक्स ऑफिस पर कल्कि की सुनामी, सैटरडे का कलेक्शन रिकॉर्ड तोड़

 

सन् २०२४ सुरु भएयता बलिउड फिल्मले बक्स अफिसमा सुनामी व्यापार गर्न सकेका थिएनन् । केही फिल्मले लगानी सुरक्षित गरे पनि व्यापारमा रेकर्ड बन्न सकेन । यही शुक्रबारदेखि प्रदर्शनमा आएको सुपरस्टार प्रभास अभिनीत फिल्म ‘कल्की’ले भने जबर्जस्त सुरुवात गरेको छ । पहिलो दिन नै विश्वव्यापी १ सय ९१ करोड कमाएको फिल्मले दोस्रो दिन पनि व्यापारमा आफ्नो लय गुमाएन ।

फिल्मले दोस्रो दिन (शुक्रबार) विश्वभर १ सय ७ करोडमाथि कमाई गरेको छ । र, दुई दिनमै २ सय ९८ करोडमाथि व्यापार पुगेको निर्माण कम्पनी वैजयन्ती मुभिजले जनाएको छ । फिल्मले हिन्दी भर्सनमा मात्र दुई दिन (पहिलो दिन २२ करोड ५० लाख र दोस्रो दिन २३ करोड २५)मा ४५ करोड ७५ लाख कमाएको व्यापार विश्लेषक तरण आदर्शले सामाजिक सञ्जालमा उल्लेख गरेका छन् ।

चार दिनमा हिन्दी भर्सनको व्यापार एक सय करोड नाघ्ने तरणको प्रक्षेपण छ । उनी लेख्छन्, ‘दोस्रो दिनको व्यापारमा गिरावट छैन । तेस्रो दिनको व्यापार अझ बढ्न सक्नेछ । तथापि, भारत र साउथ अफ्रिकाको खेलको असर फिल्मको व्यापारमा भने पर्न सक्ने सम्भावना छ । तर, चौंथो दिन फिल्मको व्यापारमा ठूलो उछाल आउने निश्चित छ । र, चार दिनमा सय करोड व्यापार नाघ्नसक्छ ।’

नाग अश्विनको निर्देशनमा तयार भएको ‘कल्की’ले समीक्षा पनि राम्रो पाएको छ । विशेषगरी क्लाइमेक्सको प्रशंसा भइरहेको छ भने अभिनेता अमिताभ बच्चनको भूमिका (अश्वत्था) र अभिनय सर्वाधिक रुचाइएको छ । हिन्दू महाकाव्य र विज्ञानमा आधारित भएर फिल्म बनेको हो । ६ सय करोडको लागतमा बनेको फिल्ममा दीपिका पादुकोण, कमल हासन, दिशा पटानीको पनि अभिनय छ ।