मिति : २०८१ आषाढ २०, बिहिवार

Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(2 votes, avg 1.50/5.00)
Text size:-
+
-

फिल्मको असफलताले रन्थनिएकी साम्राज्ञी, संकटमा करिअर

फिल्मीखबर, काठमाडौं, 2024/06/30

Samragyee R L Shah

 

फिल्म ‘ड्रिम्स’बाट अभिनेत्री साम्राज्ञी आरएल शाहको ‘ड्रिम’ डेब्यु भयो । अनमोल केसीजस्ता ‘सुपरस्टार’ हुँदा पनि उनले आफूलाई छायाँमा पर्न दिइनन् । अभिनयको प्रशंसा र फिल्मको सफलताले उनको करिअर चम्कियो । र, दोस्रो फिल्म ‘ए मेरो हजुर २’ पनि हिट हुँदा धेरैले उनलाई अबको ‘नम्बर वान नायिका’को रुपमा हेर्न थालेका थिए । तर, त्यसपछि उनको करिअर सोचेजस्तो भएन ।

तेस्रो फिल्म ‘इन्टु मिन्टु लण्डनमा’ औसत चलेपछि उनको ओरालो यात्रा सुरु भएको थियो । यस वर्ष प्रदर्शित ‘लण्डन टू पेरिस’सम्म आइपुग्दा उनको फ्लप संख्या अत्यासलाग्दो छ । गएको ६ वर्षमा उनका ७ वटा फिल्म बक्स अफिसमा पिटिएका छन् । ‘तिमीसँग’, ‘कायरा’, ‘मारुनी’, ‘रातो टीका निधारमा’, ‘तिम्रो मेरो साथ’, ‘ह्यारी कि व्यारी’ र ‘लण्डन टू पेरिस’ उनका ‘सुपरफ्लप’ फिल्महरु हुन् ।

गत वर्ष आएको ‘नाङ्गो गाउँ’ले भने साम्राज्ञीलाई केही राहत दियो । तर, यसमा सहायक अभिनेत्री भएकाले सफलताको ‘श्रेय’ उनले पाउन सकिनन् । कुनै बेला ‘नम्बर वान नायिका’को दाबेदारबाट यतिबेला उनी फिल्म क्षेत्रमा टिक्नकै लागि संघर्ष गर्नुपर्ने अवस्थामा आइपुगेकी छन् । र, अभिनयमा पनि उनले आफ्नो सशक्त प्रभाव छाड्न सकेकी छैनन् । यो उनका लागि चिन्ताजनक विषय हो ।

एकातिर साम्राज्ञी फिल्मको असफलताले रन्थनिएकी छन् भने अर्कोतिर विवादले समस्या निम्त्याइरहेको छ । यो अवस्थाबाट बाहिर निस्कन उनलाई एउटा सोलो हिट फिल्मको खाँचो छ । यो हुँदा उनीमाथिको संकट टर्नेछ । अहिले साम्राज्ञीसँग फिल्म ‘रुमानी रंग’ छ । तर, यसको निर्माण नै अन्योल छ । अब उनको करिअर कुन हिसाबमा अगाडि बढ्छ, त्यो धेरैलाई चासोको विषय बनेको छ ।