मिति : २०८१ आषाढ २०, बिहिवार

Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(5 votes, avg 4.20/5.00)
Text size:-
+
-

पोखराबाट ‘मीरा’को सामाजिक प्रदर्शनी सुरु गरिँदै

फिल्मीखबर, काठमाडौं, 2024/06/30

MEERA POSTER_PKR

 

अनिता पण्डितको लेखन तथा निर्देशनमा बनेको फिल्म ‘मीराः स्याडो अफ अ रेन्बो’को सामाजिक प्रदर्शनी सुरु गरिने भएको छ । यसको सुरुवात पोखराबाट हुन लागेको हो । यही असार २५ गते मंगलबार साँझ पोखराको ट्रेड मलस्थित क्यूएफएक्स (सिनेप्लेक्स) हलमा फिल्मको पहिलो प्रदर्शन हुँदैछ । यसपछि अरु सहर र देशबाहिर पनि प्रदर्शन गरिने निर्देशक पण्डितले जानकारी दिइन् ।

बालबालिकाहरुमा हुने अटिजम (अन्तर्मुखी स्वभाव) सम्बन्धी सचेतना तथा एलजीबीटीक्यू (लेस्बियन)को बारेमा जनचेतना फैलाउने उद्देश्यले फिल्मको सामाजिक प्रदर्शन गर्न लागिएको हो । फिल्मले अटिजम र एलजिबिटीकै विषय उठाएको छ । फिल्मले चलचित्र जाँच समिति (सेन्सर बोर्ड) बाट १६ वर्षभन्दा मुनिका दर्शकले अभिभावकको साथमा हेर्नुपर्ने गरी ‘पिजी प्रमाणपत्र’ पाइसकेको छ ।

फिल्ममा अनिता पण्डित, सुरवीना कार्की, निशान चौहान, कैलाश रावल, रोशनी कार्की, आश्वि घिमिरे (बाल कलाकार)को अभिनय रहेको छ । अटिजम भएकी छोरी र फरक यौन चाहना भएकी आमाको सङ्घर्षपूर्ण कथामा फिल्म आधारित छ । आश्वि फिल्म्सको प्रस्तुतिमा बनेको ‘मीरा’मा अनिल कटुवालको छायांकन रहेको छ भने एलिस कार्कीको संगीत तथा विजेश पौडेलको सम्पादन छ ।