मिति : २०८१ आषाढ २०, बिहिवार

Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(0 vote, avg 0.00/5.00)
Text size:-
+
-

हङकङमा ‘जारी’को रेकर्ड ‘पूजार सार्की’ले तोड्यो : लेखक सुवेदी

फिल्मीखबर, काठमाडौं, 2024/07/01

PUJAR SARKI HK SHOW1

 

नेपालमा व्यावसायिक रुपमा सफलता हासिल गरेको फिल्म ‘पूजार सार्की’ यतिबेला विदेशमा समेत प्रदर्शन भइरहेको छ । जापान, यूके, दक्षिण कोरिया, यूरोप, कतार लगायतका देशपछि आइतबार हङकङमा पनि फिल्म प्रदर्शन गरियो । जसमा सहभागी हुन नेपालबाट फिल्मका अभिनेताहरु आर्यन सिग्देल, पल शाह, अभिनेत्री परीक्षा लिम्बू र लेखक विकास सुवेदी हङकङ पुगेका थिए ।

व्हाम्पोआ हलको दुईवटा स्क्रिनमा ७ सयभन्दा बढी दर्शक उपस्थित भएका थिए । दुवै स्क्रिन हाउसफुल हुँदा २ सय बढी दर्शकले फिल्म हेर्न नपाएको जनाइएको छ । फिल्म हेर्न नेपाली समुदायहरु बस नै ‘रिजर्भ’ गरेर हलमा पुगेका थिए । फिल्मप्रति दर्शकको क्रेजलाई मध्यनजर गर्दै केही दिनभित्र अरु पनि शोहरु आयोजना गर्ने तयारी भइरहेको हङकङका वितरक बिरेन थापाले बताए ।

लेखक सुवेदीले भने हङकङमा फिल्मले व्यापारिक हिसाबमा ‘रेकर्ड’ नै बनाएको दाबी गरेका छन् । ‘यसअघि हङकङमा ‘जारी’ले ठूलो संख्यामा दर्शक ओरालेको रहेछ, यसपटक ‘पूजार सार्की’मा व्यापक दर्शक आए । ‘जारी’को रेकर्ड पनि हाम्रो फिल्मले तोड्यो । राम्रो फिल्म भए संसारको जुनसुकै कुनामा भए पनि दर्शकहरुले स्वीकार गर्ने रहेछन् भन्ने महसुस भयो,’ उनले खुसी व्यक्त गरे ।

 

PUJAR SARKI HK SHOW1


फिल्मको हङकङ प्रदर्शनमा पल र आर्यनको क्रेज पनि हेर्नलायक रह्यो । उनीहरुसँग तस्वीर खिच्न र हात मिलाउन दर्शकहरुबीच हानाथाप चलेको थियो । फिल्म हेरेपछि दर्शकबाट प्रतिक्रिया पनि राम्रो मिलेको लेखक सुवेदीले बताए । कथावस्तु र कलाकारको अभिनयको सबैभन्दा बढी प्रशंसा भएको उनको भनाई छ । ‘पूजार सार्की’ नेपालका हलमा भने ५१औं दिन मनाउने संघारमा छ ।