मिति : २०८१ आषाढ २२, शनिवार

Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(0 vote, avg 0.00/5.00)
Text size:-
+
-

सलमानको हत्या गर्न २५ लाखको ‘डिल’

एजेन्सी, काठमाडौं, 2024/07/02

Salman Khan firing case update: Lawrence Bishnoi gang planned to acquire AK  -47, M16 rifles, from Pakistan to assassinate the actor

 

गत १४ अप्रिलमा बलिउड सुपरस्टार सलमान खान बस्ने अपार्टमेन्ट (ग्यालेक्सी)मा फायरिङ भएको थियो । मोटरसाइकलमा सवार व्यक्तिले उनको अपार्टमेन्टलाई निशाना बनाएर फायरिङ गरेका थिए । त्यसको केही दिनमा नै मुम्बई पुलिसले फायरिङमा संलग्न लरेन्स बिश्नोई ग्याङका चार व्यक्तिलाई पक्रियो । प्रहरीले यो मामलामा बिश्नोईसहित १८ जनाविरुद्ध मुद्धा समेत चलाइसकेको छ ।

यसैक्रममा, सलमानको घरमा गोलाबारी भएको घटनामा अनुसन्धान गरिरहेको मुम्बई पुलिसले एउटा खुलासा गरेको छ । सोमबार पत्रकार सम्मेलन गर्दै प्रहरीले लरेन्स बिश्नोई ग्याङले सलमानको हत्या गर्नका लागि एक समूहलाई २५ लाख भारुको सुपारी दिएको जनाएको छ । सलमानको हत्या गर्न उनीहरुले पाकिस्तानबाट एके-४७, एके-९२, एम-१६ जस्ता राइफल किन्ने तयारी गरेका थिए ।

पनवेल (महाराष्ट्र राज्य) क्षेत्रका डीसीपी विवेक पनसारेले भनेका छन्, ‘सलमान खानको हत्याको योजनालाई लिएर केही जानकारी प्राप्त भएपछि हामी लरेन्स बिश्नोईसँग जोडिएका विभिन्न सोसल मिडिया ग्रुपहरुमा जोडियौं र त्यहीँबाट अरु पनि जानकारी जुटाउँदै गयौं । र, २४ अप्रिलमा हामीले ४ जनालाई पक्राउ गर्‍यौं । यो मामलामा अझै १०/१२ जना आरोपीहरुको खोजी कार्य भैरहेको छ ।’

प्रहरीले पक्राउ गरेका चारजना आरोपीले लामो समयदेखि सलमानको घर र फार्म हाउसको रेकी गरिरहेका थिए । त्यसमध्ये अजय कश्यपले सलमानमाथि हमला गर्न पाकिस्तानका एक व्यक्तिबाट एके-४७ मगाउने तयारी गरिरहेका थिए । प्रहरीका अनुसार, पुणे, मुम्बई, मुम्बई, थाने, गुजरातमा लुकेर बसेका लरेन्स र सम्पत नेहरा ग्याङका ६०/७० जनाले सलमानमाथि नजर राखिरहेका थिए ।