मिति : २०८१ आषाढ २२, शनिवार

Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(0 vote, avg 0.00/5.00)
Text size:-
+
-

नम्रता र गौरवको ‘नम्बरी सुन’ साउन २५ मा

एजेन्सी, काठमाडौं, 2024/07/02

Numbari Sun

 

राजु गिरीको निर्देशनमा तयार भएको फिल्म ‘नम्बरी सुन’ले नयाँ प्रदर्शन मिति रोजेको छ । मंगलबार फिल्मका मुख्य कलाकारहरु गौरव पहारी, नम्रता सापकोटा र विनोद न्यौपाने चित्रित एक पोस्टर सार्वजनिक गर्दै आगामी साउन २५ लाई प्रदर्शन मिति घोषणा गरिएको हो । यसअघि गत वर्षको भदौ १ र माघ १९ गरी दुईपटक प्रदर्शन मिति घोषणा गरिए पनि पछि पोस्टपोन्ड भएको थियो ।

नारायण खातीको गीत रचना, कथा र प्रस्तुति रहेको फिल्ममा सरोज खनाल, किरण नेपाली, बुद्धि तामाङ, राजाराम पौडेल, राजेन्द्र खड्गी, सविन बास्तोला, गीता अधिकारीलगायतको पनि अभिनय छ । फिल्ममा शिवम् अधिकारीको पटकथा तथा संवाद छ । प्रेम सम्बन्धमा आउने उतार-चढावको कथालाई मियो बनाएको फिल्मले सुन बनाउने सुनारको पुरानो चलनलाई पनि प्रस्तुत गरेको छ ।

रामजी लामिछानेको नृत्य निर्देशन, अर्जुन पोखरेल र सन्तोष श्रेष्ठको संगीत, राजेशपायल राई, शान्तिश्री परियार, प्रताप दास र अनु चौधरीको स्वर, दिव्य सुवेदीको छायांकन, देव महर्जनको द्वन्द्व निर्देशन, गौतमराज खड्काको सम्पादन, मनोरञ्जन श्रेष्ठको कलर करेक्सन तथा विनोद भुजेलको ब्याकग्राउन्ड स्कोर रहेको ‘नम्बरी सुन’को निर्माता सरोज खाती, सविन खाती र मनोज रिजाल हुन् ।