मिति : २०८१ आषाढ २२, शनिवार

Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(5 votes, avg 5.00/5.00)
Text size:-
+
-

‘घरज्वाइँ’ ट्रेलरलाई प्रतिक्रिया- ‘अर्गानिक फिल्म’

फिल्मीखबर, काठमाडौं, 2024/07/03

Dayahang Rai, Miruna Magar

 

नेपाली फिल्ममा सफल मानिएको जोडी दयाहाङ राई र मिरुना मगरको नयाँ फिल्म ‘घरज्वाइँ’ यही असार २८ गतेदेखि प्रदर्शनमा आउने तयारीमा छ । मगर समुदायको संस्कृति र परम्परामा आधारित भएर बनेको फिल्मको गत साता ट्रेलर सार्वजनिक गरिएको थियो । जसलाई युट्युबमा भ्यूज र प्रतिक्रिया राम्रो मिलेको छ । रिलिजको एक हप्तामा ट्रेलरलाई ९ लाख बढीले हेरिसकेका छन् ।

ट्रेलरलाई प्रतिक्रिया पनि उल्लेख्य मिलेको छ । र, प्रायःले प्रशंसामा शब्द खर्चिएका छन् । कसैले ‘अर्गानिक फिल्म’ भन्दै प्रतिक्रिया जनाएका छन् भने कसैले ट्रेलर राम्रो बनेकाले फिल्म ‘हिट’ हुने दाबी गरेका छन् । दयाहाङ र मिरुनाको जोडी सुहाएको प्रतिक्रिया पनि ट्रेलरमा धेरै देखिन्छ । मगर समुदायको संस्कृति र विश्वास पद्धतिलाई सुन्दर ढंगले देखाइएको भन्दै प्रशंसा पनि गरिएको छ ।

‘कबड्डी ४’, ‘जारी’, ‘नाङ्गो गाउँ’ र ‘मनसरा’ गरी चारवटा सफल फिल्म दिएका दयाहाङ र मिरुनाको जोडीका कारण ‘घरज्वाइँ’प्रति दर्शकको एउटा तप्कामा ठूलो अपेक्षा छ । र, फिल्मले मगर समुदायको यथार्थ कथा उठाएकाले आदिवासी जनजाति समुदायलाई हलमा आकर्षित गर्ने सक्ने देखिन्छ । यिनै कारणले फिल्मले घरेलु बक्स अफिसमा सुखद् अंक जोड्न सक्ने प्रक्षेपण भइरहेको छ ।

अनिल बुढा मगरको निर्देशनमा तयार भएको यस फिल्ममा दयाहाङ र मिरुनासहित शिशिर वाङ्गदेल, कविता आले, पुष्कर गुरुङ, बुद्धि तामाङ, भोलाराज सापकोटा, खड्कबहादुर पुन (खबपु), राज थापा, शिला आले, अनु थापा, बिना थापा मगर, सोनाम लामा, विवेश बुढा मगर लगायतको पनि अभिनय छ । सुसन प्रजापतिको छायांकन रहेको ‘घरज्वाइँ’का निर्मातामा जनक घर्ती मगर छन् ।