मिति : २०८१ आषाढ २२, शनिवार

Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(6 votes, avg 4.83/5.00)
Text size:-
+
-

काठमाडौंमा जन्मिएका रोहित, जो बलिउडमा उदाउँदैछन्

फिल्मीखबर, काठमाडौं, 2024/07/03

Rohit Saraf

 

भारतकी प्रख्यात कमेडियन भारती सिंह र उनका श्रीमान् हर्ष लिम्बाचियाले सञ्चालन गर्दै आइरहेको ‘लोल पोडकास्ट’को यतिबेला नेपालमा समेत चर्चा भइरहेको छ । यसको मुख्य कारण बलिउड अभिनेता रोहित सरफ हुन् । यतिबेला बलिउडमा सशक्त रुपमा उदाइरहेका उनले भारती र हर्षको पोडकास्टमा आफूलाई नेपालीको रुपमा चिनिएका छन् । यसले धेरैलाई आश्चर्य तुल्याएको छ ।

हर्षले कुन ठाउँबाट आएको हो भनेर सोधेको प्रश्नमा रोहितले भनेका छन्, ‘म खासमा नेपालबाट हुँ । मेरो जन्म नेपालमा भएको हो । त्यहाँ म ५ वर्ष रहेँ । पछि बुबाको विजनेश दिल्लीमा सरेपछि हामी परिवारसहित यता आयौं ।’ रोहितले आफू नेपालबाट आएको बताउँदा भारतीले खुसी हुँदै केही नेपाली शब्द खरर बोलेकी थिइन् । धेरैलाई थाहा नहुन सक्छ, उनको पिताका पूर्खा नेपाली हुन् ।

रोहितको जन्म सन् १९९६, डिसेम्बर ८ मा काठमाडौंमा भएको हो । उनका पिता (सुरेश सरफ) को काठमाडौंमा व्यवसाय थियो । रोहित ५ वर्षको हुँदा उनको परिवार दिल्ली सर्‍यो । उनले काठमाडौंको एक स्कुलमा केही वर्ष पढेका समेत थिए । यतिबेला उनी बलिउड फिल्ममा सक्रिय छन् । उनले झन्डै एक दर्जन फिल्ममा काम गरिसकेका छन् । र, उनका केही फिल्म सफल पनि छन् ।

‘वो भी दिन थे’ रोहितको डेब्यु फिल्म हो । यसमा उनले सन् २०१३ मा काम गरेका थिए । प्रदर्शन भने सन् २०२४ मा आएर भयो । त्यसअघि उनका ८ वटा फिल्म रिलिज भइसकेका थिए । उनको दशौं फिल्म ‘इश्क विश्क रिबाउन्ड’ गत जुन २१ (असार ७) मा रिलिज भएको थियो । यसमा उनले प्रमुख भूमिका निभाएका छन् । तर, फिल्मले बक्स अफिसमा अपेक्षाकृत व्यापार गर्न सकेन ।

विज्ञापन हुँदै फिल्ममा प्रवेश गरेका रोहितको पहिलो रिलिज फिल्म भने ‘डियर जिन्दगी’ हो, जसमा उनले अभिनेत्री आलिया भट्टको भाईको भूमिका निभाएका थिए । यसमा बलिउड सुपरस्टार शाहरुख खान पनि थिए । उनले नेपालकी बलिउड अभिनेत्री मनिषा कोइरालासँग ‘डियर माया’सहित ‘लुडो’, ‘हिच्की’, ‘विक्रम वेधा’, ‘स्काइ इज पिंक’ जस्ता फिल्महरुमा समेत काम गरिसकेका छन् ।