मिति : २०८१ आषाढ २२, शनिवार

Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(5 votes, avg 5.00/5.00)
Text size:-
+
-

‘चित्रा’ हिरोले ‘तैँ चुप् मैँ चुप्’ बनाउने

फिल्मीखबर, काठमाडौं, 2024/07/03

Tai Chup Mai chup Movie

 

गत वर्ष आएको फिल्म ‘चित्रा’का अभिनेता तथा निर्माता सन्तोष अधिकारीले अब ‘तैँ चुप् मैँ चुप्’ नाममा फिल्म बनाउने भएका छन् । बुधबार आफ्नो जन्मदिनको अवसर पारेर उनले फिल्म निर्माणको घोषणा गरेका हुन् । फिल्मलाई घनश्याम लामिछानेले निर्देशन गर्नेछन् । यसअघि घनश्याम र सन्तोषले ‘चित्रा’मा समेत सहकार्य गरेका थिए । फिल्ममा मनिष गौतमको स्क्रिप्ट लेखन रहेको छ ।

सन्तोष अधिकारी फिल्म्स एवं अस्याप इन्टरटेन्मेन्ट नेपाल र अस्ट्रेलियाको संयुक्त प्रस्तुतिमा बन्न लागेको फिल्मले राजनीतिक विषय उठाउने निर्देशक लामिछानेले बताए । फिल्मको काठमाडौं र पोखरा क्षेत्रमा छायांकनको तयारी गरिएको छ । यतिबेला कलाकार र गीत छनोटको काम भैरहेको निर्माता अधिकारीले बताए । फिल्ममा उनी स्वयं मुख्य भूमिकामा देखिन सक्ने सम्भावना प्रवल छ ।

फिल्ममा आशिष थापा मगर र प्रतिमा थापाको लगानी रहनेछ भने फिल्मको मार्केटिङ तथा ब्रान्डिङ आइडिया पिक्सेलको तर्फबाट पवन राज जोशीले गर्नेछन् । फिल्मलाई अर्को वर्षभित्र प्रदर्शन गर्ने योजनामा निर्माण टिम छ । निर्माता अधिकारीले ‘चित्रा’को पोस्ट क्रेडिटमार्फत यसको सिक्वेल समेत घोषणा गरेका थिए । तर यसलाई पछाडि सारेर उनले ‘तैँ चुप् मैँ चुप्’ निर्माण गर्न लागेका हुन् ।