मिति : २०८१ मंसिर ८, शनिवार

Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(0 vote, avg 0.00/5.00)
Text size:-
+
-

‘ह्रस्व दीर्घ’ खेल्न नेपाल आएका साउथ भिलेन कबीरको तीर्थयात्रा

फिल्मीखबर, काठमाडौं, 2024/07/05

kabir singh duhan

 

अभिनेत्री नीता ढुंगाना र युवा ज्योतिष तथा अभिनेता हरिहर अधिकारीले निर्माण गरेको फिल्म ‘ह्रस्व दीर्घ’को यतिबेला काठमाडौंमा अन्तिम चरणको छायांकन भइरहेको छ । यसका लागि दक्षिण भारतीय फिल्मका चर्चित कलाकारहरु समेत नेपाल आएका थिए । ‘गजनी’ भिलेन प्रदीप रावत र ‘पुष्पा’ भिलेन सुनील वर्माले दुई दिनमा आफ्नो भागको छायांकन सकाएर स्वदेश फर्किसकेका छन् ।

फिल्मको छायांकनका लागि यही सोमबार तमिल फिल्म ‘वेदालम’का खलपात्र कबीर दुहान सिंह पनि नेपाल आइपुगेका थिए । दुई दिन छायांकन गरेर उनी शुक्रबार भारत फर्किएका छन् । अघिल्लो वर्ष चितवनमा छायांकन हुँदा पनि कबीर नेपाल आएका थिए । उनको दुई चरणको नेपाल यात्रा पहिलो नेपाली फिल्मको छायांकनका लागि मात्र सीमित रहेन । एकहिसाबले तीर्थयात्रा पनि रह्यो ।

भगवान् शिवप्रति विशेष आस्था राख्ने सिंहले गत वर्ष चितवनस्थित गलेश्वर महादेव मन्दिर दर्शन गरेका थिए । दोस्रो पटकको नेपाल यात्राको क्रममा उनले पशुपतिनाथ मन्दिर तथा केदारनाथको प्रमुख भाग मानिने सूर्यविनायकस्थित डोलेश्वर महादेव मन्दिरमा पुगेर पूजाआजा गरेका छन् । उनले दुवै मन्दिर दर्शन गरेको तस्वीर इन्स्टाग्राममा सेअर गर्दै लेखेका छन्, ‘आज मनलाई शान्ति मिल्यो ।’

कबीर तेलुगू, तमिल र कन्नड फिल्ममा भिलेनको भूमिकामा रुचाइएका अभिनेतामा पर्छन् । उनले ‘वेदालम’सहित ‘किक २’, ‘जिल’, ‘कञ्चना ३’, ‘सरदार गब्बर सिंह’ लगायत दुई दर्जन फिल्ममा अभिनय गरेका छन् । ‘ह्रस्व दीर्घ’मा उनको भूमिकाबारे भने जानकारी गराइएको छैन । चन्द्र पन्तको निर्देशनमा तयार भइरहेको यो फिल्म आगामी असोज ३ गते (संविधान दिवस) देखि प्रदर्शन हुँदैछ ।