मिति : २०८१ आश्विन १९, शनिवार

Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(0 vote, avg 0.00/5.00)
Text size:-
+
-

‘माइली’मा देखिँदै करिश्मा

फिल्मीखबर, काठमाडौं, 2024/07/06

Karishma Manandhar

 

कुनै सफल नेपाली फिल्ममा निर्विकल्पझैँ थिइन्, अभिनेत्री करिश्मा मानन्धर । उनको नामले नै फिल्म चल्ने युग थियो । तर, उमेर ढल्किएसँगै फिल्मबाट आउने प्रस्ताव फेरियो । विशेषगरी आमाको भूमिकामा प्रस्ताव आउन थालेपछि उनले लामो समय फिल्म नै गरिनन् । गत वर्ष आएको फिल्म ‘बगान’बाट उनले पाँच वर्षपछि कमब्याक गरेकी थिइन् । यसमा उनको आमाकै भूमिका थियो ।

अब भने करिश्मा निरन्तर फिल्म गर्ने योजनामा देखिएकी छन् । र, यस वर्ष फिल्म ‘माइली’मा काम गर्ने भएकी छन् । उनीसँग यसै साता निर्माण टिमले कागजी सम्झौता गरेको हो । उनको भूमिकाको बारेमा भने जानकारी गराइएको छैन । करिश्माभन्दा अगाडि यो फिल्ममा अभिनेत्री प्रियंका कार्की अनुबन्धित भैसकेकी छन् । पहिलोपटक उनीहरुलाई एकसाथ हेर्न दर्शकलाई रोचक हुनेछ ।

रुना इन्टरटेनमेन्टको प्रस्तुतिमा बन्न लागेको ‘माइली’लाई बाबु साहेब बलामीले निर्देशन गर्नेछन् । यही असार अन्तिमबाट छायांकन सुरु गर्न लागिएको फिल्मलाई मकवानपुरको वीरखर्ग, कुलेखानी, काठमाडौं र दुबईमा छायांकन गरिने निर्देशक बलामीले बताए । यसमा निर्देशक बलामीको ‘कन्सेप्ट’, शंकर अधिकारी ‘घायल’को गीत, पटकथा तथा संवाद र राजेन्द्र बजगाईंको संगीत रहेको छ ।

निर्देशक बलामीले सत्य घटनामा आधारित भएर फिल्म बन्न लागेको बताए । फिल्ममा महिलाको पीडा र संघर्षलाई देखाइने उनको भनाई छ । ‘दलित महिलाको श्रीमान् नभएपछि समाजले ऊमाथि कस्तो दृष्टि लगाउँछ ? उसलाई स-साना छोरीहरु हुर्काउन कति कठिन हुन्छ ? नेपाली समाजले जातीयताको आडमा कसरी प्रताडित गरिरहेको छ भन्ने विषयवस्तुमा फिल्म बन्नेछ’, बलामीले भने ।

Most Visited News (monthly)