मिति : २०८१ आश्विन २०, आईतवार

Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(0 vote, avg 0.00/5.00)
Text size:-
+
-

पुट्ट पेट देखिएपछि वर्षालाई बधाईको ओइरो, के आमा बन्दैछिन् ?

फिल्मीखबर, काठमाडौं, 2024/07/07

barsha raut

 

अघिल्लो वर्ष प्रदर्शनमा आएको फिल्म ‘महाजात्रा’मा अभिनेत्री वर्षा राउतले दुई सन्तानको आमाको भूमिका निभाएकी थिइन् । तर, वास्तविक जीवनमा भने उनले मातृत्व अनुभव गरेकी छैनन् । अभिनेता संजोग कोइरालासँग ६ वर्ष लामो प्रेम सम्बन्धपश्चात् २०७५ सालमा विवाह गरेकी उनलाई रिसेप्सन पार्टीकै दिनबाट सन्तानबारे प्रश्न आउन सुरु भएको थियो । र, त्यो अहिलेसम्म यथावत् छ ।

वर्षाले शनिबार इन्स्टाग्राममा साझेदार गरेका दुईवटा तस्वीरले भने धेरैलाई अचम्मित तुल्यायो । जसमा उनको पुट्ट पेट देखिएको छ । त्यसपछि के चाहियो र ! उनलाई आमा बन्न लागेको भन्दै बधाईको बाढी ओइरिएको छ । उनको उक्त पोस्टको कमेन्ट सेक्सनमा प्रशंसकबाट बधाईको शब्द मात्र छ । यसपछि वर्षाले इन्स्टा स्टोरीमार्फत् आफू गर्भवती नभएको भनेर स्पष्टिकरण नै दिएकी छन् ।

आफूलाई बधाई ओइरिएपछि आमा (बिना राउत)सँग भएको म्यासेजको स्क्रिनसट समेत उनले इन्स्टा स्टोरीमा राखेकी छन् । जहाँ उनले आमालाई खाएर पेट पुट्ट देखिएको बताएकी छन् । उनले बधाई ओइरिएको तस्वीरहरु भने इन्स्टाबाट हटाएकी छैनन् । केही हप्ताअघि फिल्म ‘तेल भिसा’को अमेरिका सेड्युल सकाएर फर्किएकी वर्षा अब यसको दोस्रो चरणको छायांकनमा व्यस्त हुँदैछिन् ।

 

barsha raut


गत वर्ष ‘महाजात्रा’ सफल भएपछि वर्षाको करिअरलाई ठूलो राहत मिलेको छ । त्यसअघि उनका एकपछि अर्को फिल्म असफल भइरहेका थिए, जसले गर्दा करिअर संकटमा परेको थियो । यस वर्ष उनको ‘तेल भिसा’सहित ‘मेयर’ पनि प्रदर्शनमा आउने तयारी छ । यी दुई फिल्मप्रति उनलाई ठूलो अपेक्षा छ । अहिले वर्षाको ‘पाइपलाइन’मा निर्देशक एभरेष्ट बोहोराको फिल्म ‘अवतार’ छ ।