मिति : २०८१ आश्विन २०, आईतवार

Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(1 vote, avg 5.00/5.00)
Text size:-
+
-

१० वर्षपछि अभिनयमा फर्किइन् अरुणिमा

फिल्मीखबर, काठमाडौं, 2024/07/07

GHAR but in America Series 2

 

यतिबेला पुराना कलाकारहरुको कमब्याकको लहर चलेको छ । त्यसमा विशेषगरी अमेरिका बस्ने कलाकार ज्यादा छन् । अभिनेत्री पूजा चन्दले १९ वर्षपछि ‘भूठान’बाट कमब्याक गरिन् । अभिनेत्री ऋचा घिमिरेले ‘तेल भिसा’बाट र अभिनेता राजबल्लभ कोइरालाले ‘एक्टर’बाट झन्डै एक दशकपछि पुनरागमन गरेका छन् । अब अर्की अभिनेत्री अरुणिमा लम्साल पनि अभिनयमा फर्किएकी छन् ।

यतिबेला अमेरिकामा छायांकनरत वेब सिरिज ‘घर बट इन अमेरिका’ बाट १० वर्षपछि उनले कमब्याक गरेकी हुन् । पछिल्लोपटक उनी फिल्म ‘पिपल’मा देखिएकी थिइन् । कुनै बेला नेपाली फिल्ममा उनको राम्रो माग थियो । ‘यस्तै रहेछ जिन्दगी’बाट डेब्यु गरेकी उनले आफ्नो करिअरमा ४० बढी फिल्ममा काम गरेकी छन् । विगत एक दशकदेखि अरुणिमा अमेरिकामा बस्दै आइरहेकी छन् ।

‘घर बट इन अमेरिका’ सिरिजलाई अभिनेता विमलेश अधिकारीले निर्देशन गरिरहेका छन् । यसमा उनी स्वयंको पनि मुख्य भूमिका छ । सिचुएशनल कमेडी-ड्रामा विधामा बन्ने सिरिजको सम्पूर्ण छायांकन अमेरिकामै गरिने विमलेशले बताए । विवेक चम्लागाईंको लेखन रहेको सिरिजले गोप्य रुपमा लिभ-इन रिलेशनसिपमा रहेकी छोरी र नेपालबाट अमेरिका पुगेका आमाबुवाको कथा भन्नेछ ।

सिरिजमा अमेरिकामै बस्दै आएका राधा लम्साल (अरुणिमाकी आमा) र खेम शर्माको समेत अभिनय छ । यही सिरिजबाट आशिष दाहाल, समारोह मैनाली र रोजिना थापाले डेब्यु गर्दैछन् । सेभेन कलर्स डिजिटलको निर्माण रहेको सिरिजको अवधारणा बिमलेश स्वयंको हो । सिरिजमा रोशन घिमिरे लाइन प्रोड्युसर, विवेक रसाइलीको सहायक निर्देशन तथा पशुपति बस्यालको छायांकन छ ।