मिति : २०८१ आश्विन २०, आईतवार

Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(7 votes, avg 4.86/5.00)
Text size:-
+
-

‘खुस्मा’मा धीरज र उपासनाको विवाह (फोटोसहित)

फिल्मीखबर, काठमाडौं, 2024/07/07

upasana shing thakuri and dhiraj magar (1)

 

अभिनेता धीरज मगर र अभिनेत्री उपासना सिंह ठकुरीले पहिलोपटक एकसाथ काम गरेको फिल्म हो, ‘खुस्मा’ । आगामी असोज ३ गते अर्थात् संविधान दिवसको दिनबाट प्रदर्शनमा आउन लागेको फिल्मले उनीहरुबीच अंकुराएको प्रेम र वियोगको कथा भन्नेछ । द्वन्द्वकालीन समयको परिवेशमा तयार भएको फिल्ममा उनीहरु गाउँले चरित्रमा छन् । पूर्वी रुकुम क्षेत्रमा यो फिल्म खिचिएको हो ।

 

upasana shing thakuri and dhiraj magar (2)


फिल्ममा धीरज र उपासनाको विवाह पनि हेर्न पाइनेछ । शनिबार उपासनाले इन्स्टाग्राममा मगर परम्पराअनुसार धीरजसँग भएको विवाहका तस्वीरहरु सेअर गरेकी छन् । जहाँ दुवै प्रेमिल भावमा देखिएका छन् । उनीहरुले मगर समुदायको परम्परागत पोषाक लगाएका छन् भने बटुकामा सगुन पिइरहेका छन् । दुवैको गलामा पातसहितको फूलको माला र निधारमा पहेँलो टीका देखिन्छ ।

 

upasana shing thakuri and dhiraj magar (2)


उपासनाले यी तस्वीर आफ्नो ‘फेभरेट’ रहेको उल्लेख गरेकी छन् । उनी लेख्छिन्, ‘यो कथालाई आफ्नो जीवनमा ल्याउने यात्रा मेरो लागि अद्भूत थियो । र, म तपाईंहरु सबैले यो अनुभव गर्न पर्खन सक्दिनँ ।’ यसले फिल्मप्रति उनको उत्साह दर्शाउँछ । उनको पोस्टमा धीरजले ‘मेरी प्रिय खुस्मा’ भन्दै प्रेम व्यक्त गरेका छन् । र, धेरैले कमेन्टमा जोडी राम्रो देखिएको प्रतिक्रिया जनाएका छन् ।

 

upasana shing thakuri and dhiraj magar (4)


धीरज र उपासनाका लागि ‘खुस्मा’को सफलता अपरिहार्यजस्तै छ । धीरजको यसअघि ‘बाबरी’, ‘एक भागवत् एक गीता’ र ‘ज्याकी : आई एम ट्वान्टीवान’ गरी तीन फिल्म बक्स अफिसमा नराम्ररी चिप्लिए । उपासनाको भने ‘डिसेम्बर फल्स’ र ‘हात्तीछाप’ चलेनन् । यसैले उनीहरुलाई अब ‘खुस्मा’प्रति ठूलो आशा छ । एकहिसाबले यो उनीहरु दुवैको करिअरकै लागि एउटा महत्त्वपूर्ण परीक्षा हो ।