मिति : २०८१ मंसिर ८, शनिवार

Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(0 vote, avg 0.00/5.00)
Text size:-
+
-

भदौमा थुप्रिँदै फिल्म, रमित पनि ताक्दै

फिल्मीखबर, काठमाडौं, 2024/07/10

bhadau five film

 

गत वर्षको मध्यतिरबाट फिल्म निर्माणको चाप बढेको छ । जसले गर्दा रिलिजको संख्यामा पनि वृद्धि भइरहेको छ । बैशाख र जेठ फिल्ममय भए । वर्षातको मौसमले गर्दा असारमा भने रिलिजको चाप देखिएन । फेरि साउनमा हप्तैपिच्छे फिल्म लाग्दैछन् । अब धेरैको ध्यान भदौ र असोजमा छ । किनभने, यी दुई महिनामा रिलिजको बाढी देखिँदैछ । झन्डै एक दर्जन फिल्म रिलिज हुँदैछन् ।

दशैंको महिना भएकाले असोजमा रिलिजको चाप हुनु स्वभाविक हो । तर, यसपटक भदौमा पनि फिल्म रिलिजको कमी हुने छैन । एकपछि अर्को फिल्म थुप्रिरहेका छन् । भदौ ७ गते लक्ष्मण सुवेदीको निर्देशन रहेको फिल्म ‘सतीदेवी’ प्रदर्शन हुँदैछ । यो मितिमा अहिलेसम्म अरु फिल्म आएका छैनन्, न स्वदेशी न विदेशी । तर, अब ‘सतीदेवी’लाई एकल रिलिजको सम्भावना झिनो देखिँदैछ ।

भदौ ७ गते अभिनेता रमित ढुंगाना आफ्नो डेब्यु निर्देशन तथा निर्माणमा बनेको फिल्म ‘नमेटिने घाउ’ ल्याउने तयारी गरिरहेका छन् । केही दिनमा पोस्टर सार्वजनिक गर्दै प्रदर्शन मिति घोषणा गर्ने उनको तयारी छ । भदौ ९ गते श्रीकृष्ण जन्माष्टमीको विदा भएकाले रमितले भदौ ७ मा फिल्म चलाउन लागेका हुन् । रोचक कुरा के छ भने ‘सतीदेवी’ र ‘नमेटिने घाउ’ दुवै महिला प्रधान फिल्म हुन् ।

भदौ १४ मा भने मिलन चाम्सद्वारा निर्देशित फिल्म ‘वर एन्ड वधु’ प्रदर्शनमा आउने तयारीमा छ । अहिलेसम्म यो मितिमा फिल्मलाई सोलो रिलिजको मौका छ । भदौ २१ गते तीज विदामा भने दुईटा फिल्म ‘रावायण’ र ‘देवी’ भिड्दैछन् । तर, भदौ २८ गते (अन्तिम साता)लाई कुनै पनि फिल्म छैनन् । यद्यपि, एउटा फिल्म आउन सक्ने चर्चा छ । जसले गर्दा भदौमा फिल्म नै फिल्म हुने देखिन्छ ।