मिति : २०८१ मंसिर ८, शनिवार

Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(0 vote, avg 0.00/5.00)
Text size:-
+
-

‘मोदीबेनी’को गीत ‘मन्जुरी’बारे कोरियोग्राफर भन्छन्, ‘शब्दले नै आकर्षित गर्‍यो’

फिल्मीखबर, काठमाडौं, 2024/07/15

आगामी साउन १८ गतेदेखि प्रदर्शनमा आउन लागेको फिल्म ‘मोदीबेनी’को गत साता सार्वजनिक ‘मन्जुरी’ गीत यतिबेला चर्चामा छ । यो गीतमा फेसबुक तथा इन्स्टाग्राममा थुप्रै रिल्स र युट्युबमा शर्ट्स बनाइएका छन् । दर्शकले गीतको अडियो र कोरियोग्राफीलाई विशेष रुचाएको देखिन्छ । र, यो गीतका कोरियोग्राफर किरण थापा हुन् । उनले गीतको भावअनुसार भिडियो तयार पारेका छन् ।

 

Kiran Thapa 5


किरणलाई सुरुमा यो गीतका शब्दले प्रभावित बनाएको रहेछ । उनी भन्छन्, ‘मलाई गीतको शब्दले एकदम आकर्षित गरेको थियो । गीतको ‘फिरफिर रिबन’ भाग अत्यन्त मनपर्‍यो । हर शब्दले एउटा कथा भनिरहेको छ । मैले यो गीतलाई न्याय गर्न सक्छु भनेर कोरियोग्राफीको लागि मन्जुर भएँ ।’ गीत सुन्दा किरणलाई यसले विभिन्न रङ्गहरूको माग गरिरहेको छ भन्ने महसुस भएको रहेछ ।

‘गीतले विभिन्न किसिमको रङ्गहरू मागिरहेको थियो । फिल्मको जुन ‘सेटअप’ छ र जुन ठाउँको कथा छ, त्यसलाई नै मिलाएर मैले दृश्यभाषा निर्माण गर्न खोजेको छु,’ किरण भन्छन्, ‘भिडियोको ‘हुकस्टेप’लाई सामान्य रूपमा नृत्य गर्दा आफ्नो भावलाई व्यक्त गर्न सक्ने गरी बनाएको छु । यसमा प्रयोग गरिएका विभिन्न प्रप्सहरू र प्राकृतिक सौन्दर्यले दुई कलाकारको केमेस्ट्रीलाई वर्णन गर्छन् ।’

 

Kiran Thapa 5


गीतको छायांकनमा अनेकौं प्राविधिक चुनौतीहरू आएको उनी सम्झन्छन् । पहिला एउटा पुलमाथि छायांकनको योजना बनाइएको रहेछ । तर, वर्षाले गर्दा पुल पानीले डुबायो । त्यसपछि एउटा पहाडको टुप्पोमा छायांकनको तयारी गरियो । तर, त्यहाँ प्राविधिक सामग्री पुर्‍याउनै समस्या भएको थियो । यद्यपि, टिमको सहयोगले सबै समस्यालाई पन्छाएर राम्रो काम भएकोमा उनी खुसी छन् ।

किरणलाई नेपालमा अत्याधुनिक प्राविधिक सामग्री र प्रविधि प्रयोग गरेर छायांकन गर्ने ठूलो इच्छा छ । ‘म आफूलाई अझै निखारेर अध्ययन एवं अनुसन्धान गरेर र नेपाली फिल्मको कोरियोग्राफीमा नयाँ क्रान्ति गर्ने इच्छा छ,’ उनी सुनिए । किरणले यसअघि फिल्म ‘फर्की फर्की’को शीर्ष गीतमा पनि कोरियोग्राफी गरेका थिए । म्यूजिक भिडियोमा कोरियोग्राफी भने उनको दर्जनौं पुगिसकेको छ ।

 

Kiran Thapa 5


‘मोदीबेनी’का निर्देशक शङ्कर कोइराला हुन् । सम्पादनमा लामो अनुभव बटुलेका उनले यही फिल्मबाट निर्देशनमा डेब्यु गरेका हुन् । आनन्द विक्रम क्षेत्रीको लेखन रहेको फिल्ममा वर्षा सिवाकोटी, अमर प्रताप श्रेष्ठ, प्रवीण खतिवडा, सरोज खनाल, रेजिना उप्रेती, दीलिप केसी, कमलमणि नेपाल, जीवन भट्टराई, सरोज अर्याल, अनामिका लामिछाने, सुब्रत आचार्य आदिले अभिनय गरेका छन् ।