मिति : २०८१ मंसिर ८, शनिवार

Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(0 vote, avg 0.00/5.00)
Text size:-
+
-

सांसद शाहीले गरे ‘नमेटिने घाउ’मा डबिङ, अब प्रधानमन्त्री ओलीको पालो

फिल्मीखबर, काठमाडौं, 2024/07/21

ghanendra shahi

 

देशका शीर्ष नेताहरुको समेत अभिनय रहेको फिल्म ‘नमेटिने घाउ’ आगामी भदौ ७ गतेदेखि प्रदर्शन हुँदैछ । अब प्रदर्शनका लागि एक महिना मात्र बाँकी रहँदा यतिबेला फिल्मको डबिङ चलिरहेको छ । शनिबार राप्रपाका सांसद ज्ञानेन्द्र शाहीले आफ्नो भागको दृश्यमा डबिङ सकाए । उनले डबिङ गर्न गाह्रो रहेको अनुभव सुनाएका थिए । उनले पहिलोपटक फिल्ममा अभिनय गरेका हुन् ।

केही दिनमा प्रधानमन्त्री एवं एमालेका अध्यक्ष केपी शर्मा ओलीको पनि डबिङ हुनेछ । त्यसका लागि उनले आगामी साताको समय दिएको जानकारी प्राप्त छ । फिल्ममा उनले प्रधानमन्त्रीको भूमिकामा अभिनय गरेका छन् । एमालेको केन्द्रीय कार्यालयमा उनको भागको दृश्य खिचिएको थियो । त्यतिबेला ओली प्रधानमन्त्री थिएनन् । फिल्ममा पूर्व प्रधानमन्त्री माधव नेपालको पनि अभिनय छ ।

एसिड आक्रमणमा परेका ३३ जना पीडितहरुको कथालाई समेटिएर तयार भएको फिल्मलाई अभिनेता रमित ढुंगानाले निर्माण तथा निर्देशन गरेका हुन् । उनको यो पहिलो निर्देशकीय फिल्म हो । फिल्ममा मुस्कान खातुन, रचना गौतम, प्राप्ति पौडेल, प्रभात पाल ठकुरी, आरती आचार्य, इभा गिरी, कमल देवकोटा, सन्दीपबाबु लोहनी, अखिल बजगाईंसहित सयौं प्रहरीहरुको पनि अभिनय छ ।

रमित ढुंगाना फिल्म प्रोडक्शनको ब्यानरमा बनेको फिल्ममा शिवम् अधिकारीको लेखन रहेको छ भने गीतमा ओम सुनारको संगीत छ । लेखक अधिकारीले पटकथा लेखनमा मात्र २ वर्ष लगाएका थिए । दर्जनौं म्यूजिक भिडियोको निर्देशन गरिसकेका रोजल थापा फिल्मको चिफ एडी (असिस्टेन्ट डिरेक्टर)को रुपमा छन् । यतिबेला डबिङमा पनि रोजलले निर्देशक रमितलाई सघाइरहेका छन् ।