मिति : २०८१ मंसिर ७, शुक्रवार

Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(0 vote, avg 0.00/5.00)
Text size:-
+
-

२२ जना बालबालिकाले गाए ‘सारंग’को गीत

फिल्मीखबर, काठमाडौं, 2024/07/23

sarank song babies(1)

 

प्रशान्त तामाङको लेखन तथा निर्देशन रहेको फिल्म ‘सारंग’को ‘चिसो बतास’ बोलको गीतमा २२ जना बालबालिकाले स्वर दिएका छन् । बालकुमारीस्थित कान्जिरोवा स्कूलका बालबालिकासहित किरण भुजेल र मुस्कान रानाभाटले मंगलबार एक स्टुडियोमा गीत रेकर्ड गरेका हुन् । कथाको माग बमोजिम नै २२ जना बालबालिकालाई गीत गाउन लगाइएको निर्देशक तामाङले जानकारी दिए ।

फिल्मको अर्को एक गीत ‘चोली तुनामा’मा भने शान्तिश्री परियार र साइराज खातीले स्वर दिएका छन् । दुवै गीतमा डिपी खनालको शब्द रचना रहेको छ भने शंकर थापा स्माइलले संगीत दिएका छन् । फिल्ममा दुवै गीत एकदमै सुमधुर र अर्थपूर्ण रहेको निर्देशक तामाङको दावी छ । फिल्मको पहिलो चरणको छायांकन पूरा भैसकेको छ भने बाँकी केही दिनमा गर्ने तयारीमा निर्माण टिम छ ।

यस फिल्ममा ऋचा शर्मा, उत्पल झा, डा. समीरमणि दीक्षित, सुरज तमु, मणि के राई, अनिषा न्यौपाने, निरज ब्ल्याक, सुमन सागर जंग केसीसहित बाल कलाकारहरु सम्राट थापा र आदित्य कार्कीको अभिनय रहेको छ । बाल मनोविज्ञान तथा बाल अधिकारको विषयमा आधारित भएर बनेको फिल्मलाई यस वर्षको बाल दिवसको अवसर पारेर सार्वजनिक प्रदर्शन गर्ने तयारीमा निर्माता छन् ।