मिति : २०८१ मंसिर ७, शुक्रवार

Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(0 vote, avg 0.00/5.00)
Text size:-
+
-

‘ईश्वर’ निर्माताको विश्वास : ‘कन्टेन्ट राम्रो छ, लगानी उठ्छ’

फिल्मीखबर, काठमाडौं, 2024/07/24

Hari Bahadur Thapa (2)

 

यही शुक्रबार (साउन ११ गते)देखि सार्वजनिक प्रदर्शनमा आउने तयारीमा रहेको फिल्म ‘ईश्वर’बाट व्यापारी पृष्ठभूमिका हरिबहादुर थापा पहिलोपटक निर्माता बनेका छन् । फिल्ममा उनी कलाकारको रुपमा पनि छन् । उनले विद्यालयको प्रधानाध्यापकको भूमिका निभाएका छन् । उनलाई फिल्ममा काम गर्ने इच्छा पहिलेदेखि हो । अन्ततः आफ्नै लगानीमा बनेको फिल्मबाट त्यो इच्छा पूरा गरे ।

‘मलाई ‘ईश्वर’को कथाले तान्यो । यो फिल्म सामाजिक कथामा बनेको छ । यसमा अन्तरजातीय विवाह, देशमा भएको विसंगति एवं विकृति, राजनीतिका कुरा देखाइएको छ । जातीय विभेद गर्नु हुँदैन भन्ने सन्देश पनि फिल्मले दिएको छ,’ उनले भने । आर्यन युवक र मंगोलियन युवतीबीचको प्रेमलाई फिल्ममा देखाइएको जानकारी दिँदै थापाले दर्शकले सामाजिक सन्देश पनि पाउने दावी गरे ।  

पहिलोपटक फिल्म निर्माण गरेको भए पनि उनको अनुभवमा गाह्रो रहेन । ‘फिल्म निर्माण गर्नु सोचे जस्तो त होइन । तर, ‘ईश्वर’को हकमा मलाई गाह्रो भएन । निर्देशक, कलाकार तथा प्राविधिकको राम्रो सहयोग पाएँ । अहिले प्रमोसनमा पनि साथ पाइरहेको छु’, थापा भन्छन् । उनलाई दर्शकले फिल्म हेर्दा ‘कनेक्ट’ गर्छन् भन्ने पूर्ण विश्वास छ । यो विश्वासको आधार उनी ‘कन्टेन्ट’लाई मान्छन् ।

‘फिल्ममा कन्टेन्ट, कलाकार सबै एकदमै राम्रा छन् । दिग्गज कलाकारहरुको अभिनयले फिल्मको ‘हाइप’ पनि बढेको छ । त्यसैले लगानी नउठ्ला भन्ने डर मलाई छैन’, उनी विश्वस्त देखिए । फिल्ममा प्रेम, एक्सनदेखि सबै कुरा रहेकाले दर्शकलाई मनपर्नेमा उनी आशावादी छन् । ‘ईश्वर’ व्यावसायिक रुपमा सफल भए आगामी दिनमा पनि फिल्म निर्माणलाई निरन्तरता दिने उनको योजना छ ।