मिति : २०८१ मंसिर ७, शुक्रवार

Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(0 vote, avg 0.00/5.00)
Text size:-
+
-

‘यो मन त मेरो नेपाली हो’को गीतमा रोशनदेखि खुशीसम्मको नृत्य

फिल्मीखबर, काठमाडौं, 2024/07/24

Roshan Shrestha, Ayusha Samal, Khushi Karki, Narayan Pradhan

 

अक्सर नेपाली फिल्मको गीत प्रदर्शन मिति घोषणा भइसकेपछि मात्र रिलिज गरिन्छ । किनकि, फिल्मको हाइप निर्माणमा गीतको ठूलो भूमिका हुने गर्छ । तर, ‘यो मन त मेरो नेपाली हो’ फिल्मको भने प्रदर्शन मिति घोषणा नहुँदै ‘तिम्रो आँखै रसिलो’ बोलको गीत सार्वजनिक गरिएको छ । गीतमा दीपक शर्माको शब्द रचना तथा संगीत छ भने अस्मिता अधिकारी र सविन सुवेदीको गायन छ ।

‘भ्वाइस अफ नेपाल’को स्टुडियो र बालाजुस्थित एनएफडिसी ल्याबमा छायांकन गरिएको गीतमा फिल्मका कलाकारहरु रोशन श्रेष्ठ र दोस्रो ‘मेरो डान्स कप यूएसए’की फर्स्ट ‘रनरअप’ समेत रहेकी आयुषा समालसहित ‘मेरो डान्स युनिभर्स’की विजेता खुशी कार्की, नारायण प्रधान र डान्सर नरेश वीर सिंहले नृत्य गरेका छन् । डान्सिङ शैलीको यो गीतमा कविराज गहतराजको कोरियोग्राफी छ ।

अमेरिका निवासी साहित्यकार मित्र प्रधान (नर)को कथा तथा निर्देशन रहेको फिल्ममा रोशन र आयुषासहित बुद्धि तामाङ, विल्सन विक्रम राई, विजय बराल, भुपेन्द्र लिङ्देन, सुबास भण्डारी, विजय सुब्बा, विजिता बर्देवा, देवराज राजवंशी, जितेन्द्र श्रेष्ठ लगायतको पनि अभिनय छ । ज्ञानबहादुर प्रधान (रोशन)को निर्माण रहेको फिल्ममा विभिन्न देशका कलाकारहरुले पनि अभिनय गरेका छन् ।

फिल्मले नेपाली भाषा, साहित्य, कला, यसको इतिहास, महत्व र नेपाली भाषाको गौरवसँगै नेपाली को हुन् भन्ने विषयलाई उठाएको निर्देशक प्रधानले जानकारी दिए । विदेश बस्ने नेपालीहरुले आफ्नो कला, संस्कार, संस्कृति विर्सिँदै गएकोले फिल्मको माध्यमबाट नेपाली भाषाप्रतिको आकर्षण, महत्व एवं इतिहास दर्शाउन खोजिएको उनको भनाई छ । फिल्ममा शिवम् अधिकारीको लेखन छ ।