मिति : २०८१ मंसिर ७, शुक्रवार

Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(0 vote, avg 0.00/5.00)
Text size:-
+
-

गुटबन्दीको मारमा परेका हुन् सरोज खनाल ?

फिल्मीखबर, काठमाडौं, 2024/07/25

saroj khanal

 

नेपाली फिल्म क्षेत्रमा नातावाद, कृपावाद र गुटबन्दीको विषयमा अक्सर चर्चा भइरहन्छ । यसले गर्दा प्रतिभावान व्यक्तिहरु पछाडि परिरहेको धेरैको विश्लेषण छ । एक समयका सफल अभिनेता एवं निर्देशक सरोज खनालले पनि फिल्म क्षेत्रमा गुटबन्दी मौलाएको महसुस गर्न थालेका छन् । उनको अनुभवमा आजभोलि सीमित कलाकारलाई मात्र लिएर फिल्म बनाउने प्रचलन निकै बढेको छ ।

बुधबार आफू अभिनीत फिल्म ‘नम्बरी सुन’को ट्रेलर सार्वजनिक कार्यक्रममा खनालले भने- ‘अहिले नेपाली फिल्ममा गुटबन्दी जस्तो पनि छ । सीमित प्रोडक्सन र निर्देशकले सीमित कलाकार मात्र लिने चलन चल्दै आएको छ । त्यसैले आफ्नो भागमा जस्तो-जस्तो पर्छ, त्यसमा न्याय गर्न खोज्ने हो ।’ कुनै एउटा समूहको फिल्ममा एउटै कलाकार दोहोरिरहने प्रवृत्तिप्रति उनको असन्तुष्टि देखिन्छ ।

उनी एउटा कुरामा चाहिँ के विश्वास गर्छन् भने समयअनुसार जस्तो रोल आउँछ कलाकारले काम गर्नुपर्छ । ‘समय गतिशिल छ भन्ने कुरामा म विश्वास गर्छु । समय सँगसँगै हामी सबै परिवर्तित हुँदै जान्छौं । हाम्रो रंग-रुप पनि परिवर्तन हुन्छ । म पहिला हिरो खेल्थेँ, अब फेरि हिरो नै खेल्छु भनेर पाउँदिनँ । समयअनुसार मलाई जस्तो ‘रोल’ अफर हुन्छ, त्यस्तै गर्नुपर्छ,’ कार्यक्रममा खनाल सुनिए ।

पछिल्लो समय बुबाको भूमिकामा बढी देखिँदै आएका उनको साउनमा मात्र दुईवटा फिल्म ‘नम्बरी सुन’ (साउन २५) र ‘मोदीबेनी’ (साउन १८) एक हप्ताको अन्तरमा रिलिज हुँदैछन् । दुवै फिल्मको ट्रेलर हेर्दा उनी गाउँको सम्भ्रान्त र मुखियाको भूमिकामा रहेको प्रष्ट बुझिन्छ । लुक्स पनि लगभग उस्तै छ । आफ्नो जगजगी रहेको समयमा भने उनले हिरो भएर थुप्रै फिल्ममा काम गरेका छन् ।