मिति : २०८१ मंसिर ७, शुक्रवार

Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(0 vote, avg 0.00/5.00)
Text size:-
+
-

बोर्ड अध्यक्षका लागि आवेदनः देखाउने दाँत मात्र

फिल्मीखबर, काठमाडौं, 2024/07/31

आफैं फिल्म बनाउने बोर्डको निर्णयको विरोध

 

साउन ९ गते अभिनेता भुवन केसीको कार्यकाल सकिएपछि रिक्त रहेको चलचित्र विकास बोर्डको अध्यक्ष पदका लागि तालुकवाला निकाय सञ्चार तथा सूचना प्रविधि मन्त्रालयले आवेदन माग गरेको छ । बुधबार गोरखापत्र दैनिकमा सूचना जारी गर्दै योग्यता पुगेका नेपाली नागरिकलाई दरखास्त पेश गर्न आह्वान गरिएको हो । दरखास्त दिने व्यक्ति ३५ वर्ष पूरा भएर ६५ वर्ष ननाघेको हुनुपर्नेछ ।

अध्यक्षका लागि मान्यता प्राप्त शिक्षण संस्थाबाट कुनै विषयमा स्नातक तह उत्तीर्ण गरेर नेपाली चलचित्र उद्योगको स्थापना, विकास संरक्षण, संवर्द्धन तथा प्रवर्द्धनमा निरन्तर कम्तीमा दश वर्ष कार्य गरेको वा प्रवीणता प्रमाणपत्र तह वा सो सरह उत्तीर्ण गरी नेपाली चलचित्र उद्योगको स्थापना, विकास संरक्षण, संवर्द्धन एवं प्रवर्द्धनमा कम्तीमा दश वर्ष कार्य गरेको हुनुपर्ने योग्यता तोकिएको छ ।  

प्रचलित कानून बमोजिम नियुक्त हुन अयोग्य नठहरिएको र कुनै विदेशी मुलुकको स्थायी आवासीय पत्र नभएको स्व:घोषणा गरेको हुनुपर्ने पनि उल्लेख छ । आवेदन दिनेले ५ हजार शब्दको व्यावसायिक कार्ययोजना पनि पेश गर्नुपर्नेछ । उम्मेदवारले पेश गरेको कार्य योजना, प्रस्तुतिकरण र अन्तर्वार्ताको मूल्याङ्कनको आधारमा अध्यक्ष पदमा नियुक्तिका लागि सिफारिस गरिने जनाइएको छ ।

 

fdb


बोर्ड अध्यक्षका लागि मन्त्रालयले गरेको आवेदन माग देखाउने दाँत मात्र हो । खासमा बोर्ड अध्यक्ष हुन नेता र मन्त्रीको आशीर्वाद आवश्यक पर्छ । अहिले एमालेको सरकार र त्यसमाथि सञ्चार मन्त्रालय पनि एमालेकै भागमा परेकाले बोर्ड अध्यक्ष एमाले निकट फिल्मकर्मी नै बन्नेछन् । अहिले करिश्मा मानन्धर, दिनेश डिसी, नरेन्द्र महर्जन लगायतले अध्यक्षका लागि लबिङ गरिरहेका छन् ।