मिति : २०८१ मंसिर ७, शुक्रवार

Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(1 vote, avg 5.00/5.00)
Text size:-
+
-

सुशीलको ‘आउट ल’ जापानमा बिक्री

फिल्मीखबर, काठमाडौं, 2024/07/31

the outlaw japan

 

गत हप्ता युट्युबमा सार्वजनिक गरिएको फिल्म ‘आउट लः दफा २१९’को टिजरले राम्रो चर्चा पायो । विशेषगरी फिल्मको मेकिङ र अभिनेता सुशील श्रेष्ठको एक्सनको तारिफ भइरहेको छ । टिजर रिलिजपश्चात् विदेशमा समेत फिल्मको माग बढेको छ । यसैबीच, निर्माताले जापान अधिकार बिक्री गरेका छन् । यूएनए इन्टरटेन्मेन्टका उज्ज्वल गुरागाइँले फिल्मको प्रदर्शन अधिकार लिएका हुन् ।

टिजरमा फिल्मको कथावस्तु खुलाइएको छैन । यद्यपि, एउटा कुख्यात अपराधि जेलबाट भागेपछि उसलाई खोज्न प्रहरीले चलाएको सर्च अप्रेसनमा फिल्म केन्द्रित रहेको टिजरले संकेत गर्छ । यसमा सुशीलसहित नरेश पौडेल, शिक्षा संग्रौला, विशाल पहारी, सुमन भण्डारी आदिको अभिनय छ । सुशीलले यो ४ वर्षपछिको कमब्याक फिल्म हो । टिजरले उनको कमब्याक विशेष हुने देखाउँछ ।

संविधान दिवसको विदा पारेर आगामी असोज ३ गतेदेखि प्रदर्शनमा आउन लागेको यो फिल्मलाई विक्की महर्जनले निर्देशन गरेका हुन् । फिल्ममा अमित अग्रहरी निर्माता, विनोद कठायत कार्यकारी निर्माता र विकास चौधरी सह-निर्मातामा छन् । साहिल खानको सम्पादन रहेको ‘आउट ल’मा निर्देशक महर्जन स्वयंको लेखन छ भने नविन गुरुङको डिओपी र चुल्ठे काजीको द्वन्द्व निर्देशन छ ।