मिति : २०८१ मंसिर ७, शुक्रवार

Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(0 vote, avg 0.00/5.00)
Text size:-
+
-

प्रिमियरमा ‘मोदीबेनी’लाई कसले के भने ?

फिल्मीखबर, काठमाडौं, 2024/08/01

अभिनेत्री रेजिना उप्रेतीले करिब ९ वर्षपछि कमब्याक गरेको फिल्म ‘मोदीबेनी’ भोलि शुक्रबारदेखि प्रदर्शनमा आउने तयारीमा छ । प्रदर्शनको पूर्वसन्ध्यामा बुधबार कमलपोखरीस्थित बिग मुभिजमा प्रिमियर राखिएको थियो । जहाँ अभिनेत्री वर्षा सिवाकोटी र नव-अभिनेता अमर प्रताप श्रेष्ठ आकर्षणको केन्द्रविन्दू बने । वर्षा साडीमा सुन्दर देखिएकी थिइन् भने अमर सुटबुटमा ठाटिएका थिए ।

 

MODIBENI Grand Premiere Photos5


फिल्मकर्मीदेखि राजनीतिज्ञसम्मको उपस्थिति रहेको प्रिमियरमा प्रायःले फिल्मको विषयवस्तु र कलाकारहरुको अभिनयको प्रशंसा गरे । संघीय सांसद शोबिता गौतमले फिल्मको प्राविधिक र क्रियटिभ काम निकै मन परेको बताइन् । ‘सबै कुरा मै हो’ भन्ने सोचले कस्तो नतिजा दिन्छ भन्ने कुरालाई फिल्मले देखाएको उनको भनाई थियो । उनले कलाकारहरुको अभिनयको पनि प्रशंसा गरिन् ।

 

MODIBENI Grand Premiere Photos7


कलाकार हिमेश पन्तले फिल्म रमाइलो बनेको र ट्विस्ट मन परेको बताए । अर्का कलाकार विजय बरालले फिल्मको कथावस्तु मन परेको बताउँदै सबैलाई हेर्न आग्रह गरे । ‘बुलबुल’ फेम्ड अभिनेता मुकुन भुसालले सदीयौंदेखि सुन्दै आएको कथालाई फिल्ममा हेर्न पाएकोमा खुसी व्यक्त गरे । कलाकार एवं निर्माता निर्मल शर्माले आफूले सोचेको भन्दा पनि फिल्म उत्कृष्ट बनेको प्रतिक्रिया दिए ।

 

MODIBENI Grand Premiere Photos7


ट्रेलर हेरेपछि ‘मोदीबेनी’प्रति ठूलो अपेक्षा राखेकी अभिनेत्री तथा निर्देशक दीपाश्री निरौलाले आफू निराश नभएको बताइन् । वर्षा र अमरसहितका कलाकारहरुको काम पनि उत्कृष्ट रहेको उनको भनाई थियो । उनले भनिन्, ‘नेपाली फिल्ममा धेरैपछि यस्तो कथा हेर्न पाइयो । हेरुन्जेल मज्जा आयो ।’ यस्तै, अभिनेता रमेश उप्रेतीले आइरहेका फिल्मभन्दा एकदमै अलग लागेको प्रतिक्रिया दिए ।

 

MODIBENI Grand Premiere Photos7


निर्देशक शोभित बस्नेतले ‘मोदीबेनी’ साँच्चै राम्रो बनेको बताउँदै धेरैपछि रेजिना उप्रेतीलाई ठूलो पर्दामा देख्दा खुसी लागेको बताए । उनले निर्देशकको काम पनि मन परेको प्रतिक्रिया दिए । अभिनेत्री अञ्जना बराइलीले नयाँ कलाकारहरुको कामको प्रशंसा गरिन् । सबै कलाकारले आफ्नो चरित्रलाई न्याय गरेको जनाउँदै उनले आफूले दर्शकको नजरबाट फिल्म हेर्दा निकै मन परेको बताइन् ।

 

MODIBENI Grand Premiere Photos7


प्रिमियरमा फिल्मले अब्बल प्रतिक्रिया प्राप्त गरेपछि वर्षा र अमरको अनुहारमा खुसीको भाव देखिन्थ्यो । शङ्कर कोइरालाको डेब्यु निर्देशनमा तयार भएको फिल्मको बुधबारबाट देशभरका मल्टीप्लेक्सहरुमा बुकिङ खुलिसकेको छ भने केही शोज ‘सोल्डआउट’ हुने अवस्थामा पुगेका छन् । प्रिमियरबाट प्राप्त प्रतिक्रियाले दर्शकमा फिल्मप्रति आकर्षण बढ्ने निर्माण टिमले अपेक्षा गरेको छ ।