मिति : २०८१ मंसिर ७, शुक्रवार

Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(0 vote, avg 0.00/5.00)
Text size:-
+
-

सुमितले काठमाडौंमा थपे अर्को मल्टीप्लेक्स, कलाकारहरुले गरे उद्घाटन

फिल्मीखबर, काठमाडौं, 2024/08/02

कोरोना महामारीपछि देशभर सिंगल थिएटर धमाधम बन्द भैरहेको अवस्थामा मल्टीप्लेक्स हल खुल्ने क्रम भने बढ्दो छ । यसैबीच, काठमाडौंमा अर्को मल्टीप्लेक्स थपिएको छ । दरवारमार्गस्थित क्यूएफएक्स सिनेमाज् (पहिलाको क्यूज हल)का सञ्चालक सुमित मैनालीले सामाखुसीस्थित सिटी स्क्वायर मलमा क्यूएफएक्स समूहलाई नै व्यवस्थापनाको जिम्मा दिँदै हल सञ्चालनमा ल्याएका हुन् ।

 

sumit mainali


बिहिबार कलाकारहरु दीपकराज गिरी, किरण केसी, रमेश उप्रेती, जीतु नेपाल, निर्मल शर्मा, प्रदीप खड्का, प्रकाश सपूत, नीति शाह लगायतले संयुक्त रुपमा रिवन काटेर हलको उद्घाटन गरे । तीनवटा पर्दा रहेको यो हलमा शुक्रबारबाट फिल्म देखाउन सुरु गरिएको छ । मलको नवौं तल्लामा अवस्थित हलमा ४९७ दर्शकले एकसाथ फिल्म हेर्न सक्ने सञ्चालक मैनालीले जानकारी दिए ।

 

sumit mainali


हरेक पर्दामा सोफा सेटसहित सुतेर फिल्म हेर्न मिल्ने सिटहरु जडान गरिएका छन् । हलमा एसियाकै सर्वोत्कृष्ट साउन्ड एरोम्याक्स वाई बार्को र दक्षिण एसियाकै सिरिज फोर बार्को लेजर प्रोजेक्सन प्रविधि जडान गरिएको सञ्चालक मैनालीले जनाए । हलको ११औँ र १२औँ तल्लामा मैनालीले नै ‘कसमी बार एण्ड लाउन्ज’ पनि सञ्चालनमा ल्याएका छन् । हलको लागत १८ करोड जनाइएको छ ।

 

sumit mainali


सिटी स्क्वायर मलको हलको पनि व्यवस्थापनको जिम्मेवारी पाएसँगै क्यूएफएक्स चेनको देशभर हलको संख्या १७ वटा (काठमाडौं उपत्यकामा ७ तथा उपत्यकाबाहिर १०) पुगेको छ । र, नेपालकै सबैभन्दा ठूलो मल्टीप्लेक्स चेन बनेको छ । केही वर्षयता नेपाली निर्मातालाई ठूलो सेयर दिने हल नै क्यूएफएक्स हो । यसमा मात्रै पनि फिल्म राम्रोसँग चल्दा निर्माताको लगानी उठ्ने अवस्था छ ।