मिति : २०८१ मंसिर ७, शुक्रवार

Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(0 vote, avg 0.00/5.00)
Text size:-
+
-

अब रोएर फिल्म चलाइन्न : पूजा शर्मा

फिल्मीखबर, काठमाडौं, 2024/08/02

RAWAYAN

 

फिल्म ‘म यस्तो गीत गाउँछु २’ प्रदर्शनको बेला अभिनेता पल शाह एउटा घटनाका कारण जेल चलान भएपछि अभिनेत्री पूजा शर्मा हलमा दर्शक भेट्न जाने क्रममा पटकपटक रोएकी थिइन् । त्यसबेला उनको आँशुले नै फिल्म चलाएको टीकाटिप्पणी भएको थियो । यसपछि उनलाई रोएर फिल्म चलाउने हिरोइनको ट्याग नै दिइयो । तर, उनले अब रोएर फिल्म नचलाउने उद्घोष गरेकी छन् ।

शुक्रबार फिल्म ‘रावायण’को एक कार्यक्रममा उनले भनिन्, ‘अब रोएर फिल्म चलाइन्न । पल छ मसँग । सुदर्शन थापा र हाम्रो टिम आइसकेको छ ।’ उनको यो कुरामा पहिला आफूले रोएर फिल्म चलाएको स्वीकारोक्ति देखिन्छ । तर, कार्यक्रम सकिएपछि उनले पत्रकारसँगको कुराकानीमा आफ्नो बोली सच्याउँदै आफूलाई रोएर फिल्म चलाउने गरेको भन्ने आरोपको जवाफ दिएको बताइन् ।

पूजा प्रष्ट पार्दै भन्छिन्, ‘जुन हिसाबले मलाई प्रस्तुत गरिन्थ्यो, त्यसको उत्तर दिएको हुँ । जब मेरो व्यक्ति (पल शाह) मसँग थिएन र अहिले त्यो व्यक्तिसँग म छु भनेपछि म पूर्ण भएकी छु । दुईजनाको साथ भएपछि म अब कमजोर हुन्नँ । मैले यो मात्र भन्न खोजेको हो ।’ जेलबाट बाहिर आएपछि लामो समय पल र पूजाबीच बोलचाल नै भएन । पछि ‘रावायण’को लागि उनीहरुबीच मिलन भयो ।

पूजाले पलसँग सम्बन्ध विग्रिएको विषयलाई सामान्य मानेकी छन् । उनी भन्छिन्, ‘सम्बन्ध सुध्रने र विग्रने आफ्नो मान्छेसँगै हुने हो । त्यो ठूलो ‘इस्यू’ होइन । अब सम्बन्ध विग्रिँदैछ ।’ पलले भने पूजासँग सम्बन्ध विग्रिनुलाई सँगै हिँड्दा हात ठोकिनुको रुपमा अर्थ्याए । उनले भने, ‘सम्बन्ध विग्रिरहनु चाहिँ नराम्रो हो । सुधार्नु त राम्रो हो नि । हाम्रो सम्बन्ध सँगै हिँड्दा हात ठोकिए जस्तो मात्र थियो ।’