मिति : २०८२ वैशाख ११, बिहिवार

Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(0 vote, avg 0.00/5.00)
Text size:-
+
-

नेपाल रिलिजपछि जापानमा बिक्री भयो ‘मोदीबेनी’

फिल्मीखबर, काठमाडौं, 2024/08/05

modibeni

 

गत शुक्रबारबाट प्रदर्शनमा आएको फिल्म ‘मोदीबेनी’को जापान प्रदर्शन अधिकार बिक्री भएको छ । सुवास लामिछानेको नेतृत्वमा रहेको भिजोनिया कम्पनी लिमिटेडले फिल्मको जापान प्रदर्शन अधिकार खरिद गरेको हो । नेपालमा दर्शकबाट उत्कृष्ट प्रतिक्रिया मिलेका कारण जापान अधिकार बिक्री भएको सह-निर्माता हरि श्रेष्ठले बताए । अरु देशमा पनि कुरा भइरहेको उनको भनाई छ ।

निर्देशक शंकर कोइरालाका अनुसार, दर्शकले फिल्मको ‘थ्रिलिङ पार्ट’लाई रुचाएका छन् । उनी भन्छन्, ‘पहिलो भागमा क्यारेक्टर स्थापित गरेर दोस्रो भागमा ‘थ्रिलिङ’ दृश्यहरू राखेका थियौं । यसैले दर्शकले ‘सेकेन्ड हाफ’लाई बढी रुचाएको पाएको छु ।’ उनले फिल्ममा उठान गरिएको विषय र विश्वासै नलाग्ने कथामा दर्शकले मनोरञ्जन लिइरहेको देख्दा खुसी महसुस भएको बताएका छन् ।

फिल्म रिलिजपछि कलाकारहरू वर्षा सिवाकोटी, अमर प्रताप श्रेष्ठ, रेजिना उप्रेती लगायत दर्शकसँग भेट्न काठमाडौंका केही हल पुगेका थिए । कति दर्शकले फिल्मको दोस्रो भाग पनि ‘डिमान्ड’ गरेका थिए । यद्यपि, फिल्मको व्यापार अपेक्षाकृत छैन । शुक्रबार र शनिबार भने केही शोजमा भरिभराउन दर्शक देखिएका थिए । लास हिँड्छ र बोल्छ भन्ने जनविश्वासमा ‘मोदीबेनी’ आधारित छ ।