मिति : २०८१ मंसिर ७, शुक्रवार

Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(0 vote, avg 0.00/5.00)
Text size:-
+
-

सुरक्षा भन्छिन्, ‘मलाई ‘स्टार’ होइन, चन्द्रमा हुनुछ’

फिल्मीखबर, काठमाडौं, 2024/08/06

surakshya panta

 

अभिनयमा पारंगत मानिन्छिन्, सुरक्षा पन्त । ‘स्टेरियोटाइप’ हुनबाट धेरै हदसम्म जोगिएकी उनले लगभग हरेक फिल्ममा आफूलाई फरक चरित्रमा ढालेकी छन् । ‘आमा’मा छोरी र बुहारीको भूमिका होस् वा ‘बुलाकी’मा कर्णालीको दुःखी जीवन बाँचेको पात्र, उनले जुनसुकै भूमिकामा आफूलाई खरो र दह्रो रुपमा उतारेकी छन् । त्यसैले उनको चर्चा अक्सर अभिनयलाई नै लिएर हुने गरेको छ ।

नेपाल कुनै कलाकारको एउटा फिल्म हिट हुँदा वा अभिनयको प्रशंसा हुँदा ‘स्टार’को उपाधि दिने चलन बनेको छ । तर, सुरक्षालाई भने ‘स्टार’ बन्नु छैन । उनी चन्द्रमा बन्न चाहन्छिन् । सोमबार एक कार्यक्रममा पत्रकारको प्रश्नमा उनले भनिन्, ‘मलाई चन्द्रमा हुनुछ । स्टार बन्नु छैन । चन्द्रमाले सबैलाई प्रकाश दिन्छ । समुन्द्रमा पनि आँधी ल्याउन सक्छ । स्टार त धेरै छ । म चन्द्रमा हुन चाहन्छु ।’

तर, उनी उपाधिलाई बाई प्रोडक्ट (गौण चीज) मात्र मान्छिन् । यद्यपि, आफू ‘स्टार’को बाटोमा भए पनि त्यो जिम्मेवारीलाई निभाउने उनको प्रण छ । भन्छिन, ‘प्रत्यक्ष वा अप्रत्यक्ष रुपमा मेरो यात्रा त्यतातिर लाग्दैछ भने पनि त्यो जिम्मेवारीलाई शतप्रतिशत निभाउने प्रयास गर्छु । ममा त्यति निष्ठा चाहिँ छ ।’ तर, ‘स्टार’ भएपछि सधैं चम्किने मात्र नभइ भूइँमा खस्नु पनि पर्छ भन्नेमा उनी स्पष्ट छिन् ।

सुरक्षा ‘बुलाकी’मार्फत् एकपटक फेरि पर्दामा देखिने तयारीमा छिन् । त्यसो त यो फिल्म अघिल्लो वर्ष नै रिलिज भएको थियो । तर, दुई दिनमै निर्माताले हलबाट फिल्म उतारेका थिए । अब यही साउन ३२ गतेबाट फिल्म पुनः प्रदर्शन हुँदैछ । फिल्ममा कर्णालीको जीवन र त्यहाँको रीतिथितिलाई देखाइएको छ । ‘डिजिटल वर्ल्ड’मा यस्ता कथा बेला बखतमा आइरहनुपर्छ भन्ने सुरक्षालाई लाग्छ ।

अभिनेत्रीहरुले ‘बुलाकी’ले उठाएको जस्तो पृथक कथामा पनि उपस्थिति जनाउनुपर्ने उनी बताउँछिन् । ‘हामीले बेला बखतमा यस्तो विषयमा आफ्नो उपस्थिति जनाउनुपर्छ । फिल्म गर्दा नायिकाको हिसाबले केही जिम्मेवारी र दायित्व रहन्छ,’ उनी भन्छिन्, ‘मलाई ‘एक्सप्लोर’ गर्न मन लागेको क्यारेक्टर हो ‘बुलाकी’ । आफैंमा चुनौतीपूर्ण क्यारेक्टर हो । यो मेरो लागि ‘प्लस प्वाइन्ट’ प्रोजेक्ट हो ।’