मिति : २०८२ वैशाख १०, बुधवार

Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(0 vote, avg 0.00/5.00)
Text size:-
+
-

छोरीको बुबाआमा बने सुदर्शन र सुप्रिया

फिल्मीखबर, काठमाडौं, 2024/08/12

Sudarshan Thapa

 

फिल्म निर्देशक सुदर्शन थापा र अभिनेत्री तथा सञ्चारकर्मी सुप्रिया कटुवाललाई पुत्री लाभ भएको छ । सोमबार पुरानो बानेश्वरस्थित फ्रन्टलाइन हस्पिटलमा सुप्रियाले दोस्रो सन्तानको रुपमा छोरीलाई जन्म दिएकी हुन् । सुदर्शनले फेसबुकमा आमा र छोरीको एक तस्विर साझेदार गर्दै आफू पिता बनेको खुसी साटेका छन् । उनले छोरीको नाम ‘प्रियांशी’ राखेको समेत जानकारी गराएका छन् ।

२०७९ साल फागुनमा सुदर्शन र सुप्रियालाई पहिलो सन्तानको रुपमा पुत्र लाभ भएको थियो । उनीहरुले २०७८ सालको असोज २२ गते विवाह गरेका थिए । ‘मेरो एउटा साथी छ’बाट निर्देशनमा होमिएका सुदर्शनले ‘प्रेमगीत’, ‘म यस्तो गीत गाउँछु’ श्रृंखला, ‘धन्दा’, ‘रामकहानी’ लगायतका फिल्म निर्देशन गरेका छन् । उनको नयाँ फिल्म ‘रावायण’ आगामी भदौ २१ गतेदेखि प्रदर्शनमा आउँदैछ ।

त्यस्तै, सुप्रिया विवाहअघि एपिवान टीभीमा समाचार वाचिकाको रुपमा कार्यरत थिइन् । उनले साम्तेन भुटियाको निर्देशनमा बनेको फिल्म ‘साढे सात’बाट अभिनेत्रीको रुपमा समेत डेब्यु गरेकी थिइन् । सुप्रियाले केही म्यूजिक भिडियोमा पनि अभिनय गरेकी छन् । तर, फिल्म र म्यूजिक भिडियो दुवैमा उनको करिअर राम्रो बन्न सकेन । यसपछि उनले अभिनय यात्रामा नै विश्राम लगाएकी छन् ।