मिति : २०८२ वैशाख १०, बुधवार

Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(1 vote, avg 5.00/5.00)
Text size:-
+
-

७ वर्षपछि ‘जन्ते बाख्रो’बाट फिल्ममा फर्किँदै आसिफ

फिल्मीखबर, काठमाडौं, 2024/08/13

Aasif Shah

 

अभिनेता आसिफ शाह ७ वर्षपछि फिल्म अभिनयमा फर्किने भएका छन् । सिमोस सुनुवारको निर्देशनमा बन्न लागेको फिल्म ‘जन्ते बाख्रो’बाट उनको पुनरागमन हुन लागेको हो । यसअघि उनी सन् २०१७ मा प्रदर्शनमा आएको फिल्म ‘दुई रुपैयाँ’मा देखिएका थिए । यसपछि उनको व्यस्तता रियालिटी शो उद्घोषण र म्यूजिक भिडियोमा रह्यो । उनी चाँडै फिल्म निर्माण गर्ने तयारीमा पनि छन् ।

‘जन्ते बाख्रो’मा यसअघि अभिनेता सौगात मल्ल अनुबन्धित भैसकेका छन् । अब मुख्य अभिनेत्रीको छनोट बाँकी छ । त्यसका लागि निर्माण टिमले अडिसन आह्वान गरेको छ । फिल्मको छायांकन भने तिहारपछि गरिने जनाइएको छ । निर्देशक सुनुवार रियालिटी शो ‘रोडिज’मा व्यस्त भएकाले छायांकन पछाडि सारिएको हो । नभए आगामी भदौदेखि छायांकन सुरु गर्ने तयारी गरिएको थियो ।

मुईन इन्टरटेन्मेन्टको ब्यानरमा बन्न लागेको फिल्ममा प्रदीप भारद्वाजको कथा, पटकथा तथा संवाद लेखन छ । कमेडी कथावस्तुमा बन्न लागेको फिल्ममा सन्तोष गौतम र निर्देशक सुनुवारको लगानी रहनेछ । हरि हुमागाइँले फिल्म खिच्नेछन् । बेहुली भित्राउने दिन जन्तीलाई खुवाइने मांसाहारी भोजलाई जन्ते बाख्रो भन्ने चलन छ । फिल्मको कथावस्तु यसैको वरिपरि केन्द्रित रहने बुझ्न सकिन्छ ।