मिति : २०८१ मंसिर ८, शनिवार

Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(5 votes, avg 5.00/5.00)
Text size:-
+
-

‘कार्साङ’मा यस्तो छ दयाहाङको लुक्स

फिल्मीखबर, काठमाडौं, 2024/08/15

dayahang rai

 

अभिनेता दयाहाङ राईले ५ महिनाको विश्रामपछि यतिबेला फिल्म ‘कार्साङ’को छायांकन गरिरहेका छन् । यसको सेटबाट निर्माण टिमले उनको क्यारेक्टर लुक्स सार्वजनिक गरेको छ । जसमा उनी सोचनीय भावमा देखिएका छन् । सर्टमाथि ऊनको हाफ स्वीटर लगाएका उनको शिरमा टोपी देखिन्छ भने नजिकैमा ढ्याङ्ग्रो छ । उनको साथमा अभिनेत्री सृजना निङ्लेखु पनि देखिएकी छन् ।

दयाहाङको छेवैमा देखिएको ढ्याङ्ग्रोले उनको भूमिका झाँक्रीको हुनसक्ने बुझ्न सकिन्छ । फिल्ममा उनले शेर्पा समुदायको पात्रमा अभिनय गरेका छन् । यम शेर्पाको लेखन तथा निर्देशन रहेको फिल्मको दुई सातादेखि सिन्धुपाल्चोक आसपासको क्षेत्रमा छायांकन भइरहेको छ । दुई दिनभित्रमा सम्पूर्ण छायांकन सकिने जानकारी प्राप्त छ । दुईवटा क्यामेरा प्रयोग गरेर ‘कार्साङ’ खिचिएको छ ।

दयाहाङ र सृजनासहित फिल्ममा जितु नेपाल, दीया मास्के, बुद्धि तामाङ, सृष्टि गौतम, छुकी शेर्पा, राशी लिम्बू, सोहन थापा, कर्मा शेर्पा, एसएली लिम्बू, छोकी शेर्पा, सृष्टि ढुंगाना आदिको पनि अभिनय रहेको छ । पुरुषोत्तम प्रधान निर्माता रहेको फिल्मलाई उनले नै छायांकन गरिरहेका छन् । फिल्ममा गोविन्द बोहरा सह-निर्मातामा छन् भने कार्यकारी निर्मातामा आङछिरिङ शेर्पा रहेका छन् ।